योग्यता पुरा गरेका संस्था मात्र स्थिरीकरण कोषमा आवद्ध हुन पाउने

स्थिरीकरण कोष सञ्चालनका लागि गठित सञ्चालन समितिले स्थिरीकरण कोष सञ्चालन कार्यविधि २०७६ को प्रस्तावित मस्यौदा भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका तत्कालिन सचिव गोपीनाथ मैनालीसमक्ष श्रावण ६ गते स्वीकृतिका लागि मन्त्रालयमा पेश गरेको थियो । नेपाल सरकार मन्त्रीस्तरको २०७६ मंसिर ५ गतेको निर्णयअनुसार बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि २०७६ स्वीकृत गरी कार्यान्वयनका लागि संघमा पठाएको छ ।

आवश्यक न्यूनतम योग्यता निम्नाअनुसार तोकिएको छ,

१) कोषमा सहभागी हुन संघमा आवद्ध सदस्य संस्थाहरू कम्तिमा पाँच आर्थिक वर्ष कार्यसञ्चालन गरी बार्षिक लेखापरीक्षण सम्पन्न गरेको हुनुपर्नेछ,

२) अघिल्ला दुई वर्षको वार्षिक साधारणसभा तोकिएको समयमा सम्पन्न गरेको,

३) कर्जा बर्गीकरण गरी आवश्यक कर्जा नोक्सानी व्यवस्था गरेको,

४) कुल सम्पतिको न्यूनतम पाँच प्रतिशत संस्थागत पूजी रहेको,

५) अघिल्ला दुई आर्थिक वर्षहरूमा घाटामा नगएको तथा सञ्चित घाटा नभएको,

६) मन्त्रालयबाट स्वीकृत एकीकृत मापदण्डबाट उच्च जोखिममा नरहेको,

७) निवेदन दिदाका बखत नियामक निकायको निगरानी सूचिमा नपरेको वा शीघ्र सुधार कारवाहीमा सूचीकृत नभएको,

८) कोष सञ्चालन समितिले २.५ प्रतिशत भन्दामाथि संस्थागत पूँजी नभएका संस्थालाई तीन वर्ष भित्र संस्थागत पूँजी ५ प्रतिशत पु¥याउने शर्तमा सदस्यता दिन सक्ने,

९) तोकिएको योग्यता पुगेका आबद्ध सदस्य संस्थाले योग्यता पुरा गरेको कागजपत्र सङलग्न गरी निवेदन दिन सक्ने,

१०) कोष सहभागिताका लागि निवेदन परेका तर छानबिन गर्दा तोकिएको योग्यता पुगेको सम्पुष्टि नभएमाकोष सञ्चालन समितिले स्थलगत जाँच समेत गराउन सकिने,

११) कोषमा संस्थाको सहभागिता स्वीकृती सम्बन्धी अन्य कुरा कोष सञ्चालन समितिले तय गरे बमोजिम हुनेछ ।

Share This: