सामाजिक सुरक्षा कोष सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको आयोजनामा सामाजिक सुरक्षा कोष, बबरमहल, काठमाण्डौंको प्रायोजनमा २०७६ मंसिर १२ गते विहिबार भक्तपुर बैंक्वेट, हाकुफोहिटी, भक्तपुरमा सामाजिक सुरक्षा कोष सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको उद्घाट्न गर्दै संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सामाजिक सुरक्षा कोष काम गरी खाने श्रमिक कर्मचारीहरुको हितमा आएको बताउनुभयो । उहाँले सामाजिक सुरक्षा कोषका योजना तथा सुविधा अक्षरस पालना गरी सुविधा प्रदान गर्न सक्नुपर्ने विचार समेत राख्नुभयो ।

कोषका लेखा अधिकृत अनुपमा कार्कीले कोषको बारेमा प्रस्तुतीकरण गर्दै श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन २०७४ को कार्यान्वयन स्थापना भएको सामाजिक सुरक्षा कोषमा आबद्ध भई रोजगारदाताले २० प्रतिशत र योगदानकर्ताले ११ प्रतिशत योगदान गरी कोषबाट स्वास्थ्य उपचार तथा मातृत्व सुरक्षा, दृर्घटना सुरक्षा, आश्रित परिवार सुरक्षा र बृद्ध अवस्था सुरक्षा पाउने कुरा बताउनु भयो । संघका उपाध्यक्ष हरि बल्लले स्वागत मन्तव्य राख्दै श्रमिक र रोजगारदाता दुबैको हितको लागि सामाजिक सुरक्षा कोष हुनुपर्ने विचार राख्नुभयो ।

संघका व्यवस्थापक बालकृष्ण धोजुले कार्यक्रम संचालन गर्दै नेपालमा श्रमिकको लागि नविनतम् अभ्यासको रुपमा आएको सामाजिक सुरक्षा कोषको कार्यान्वयनले श्रमिकको भविष्य सुनिश्चित हुनुको साथै श्रमिक र रोजगारदाताको सम्बन्ध सुमधुर भई उत्पादन र अपनत्वमा बृद्धि हुने विचार राख्नुभयो । सामाजिक सुरक्षा कोषका विषयमा सहभागि बिच अन्तरक्रिया समेत भएको सो कार्यक्रममा सदस्य संस्थाहरुबाट १७६ जनाको उपस्थिति रहेको थियो ।

Share This: