उपसमितिहरुको पदस्थापना तथा विस्तारीत बैठक सम्पन्न

बागलुङ। सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले आफ्ना कार्यहरुलाई अझ बढि व्यवस्थीत, प्रभावकारी, चुस्तदुरुस्त र विकेन्द्रीत बनाउनका निम्ती विभिन्न उपसमितिहरु गठन गरेको छ ।

संस्थाको मिति २०७६ आश्विन ११ गते सम्पन्न दशौं वार्षिक साधारण सभाबाट नयाँ सञ्चालक समिति चयन भए पश्चात सञ्चालक समितिले संस्थाको कामहरुलाई विकेन्द्रित गर्नका लागि उपसमितिहरुको गठन गरेको थियो । संस्थाद्वरा गठित उपसमितिहरुलाई आईताबार एक कार्यक्रमका बिच पदस्थापना तथा आफ्ना काम कर्तव्य र अधिकारहरुको विषयमा जानकारी गराईएको छ ।

संस्थाले बागलुङ बजारमा आयोजना गरेको कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले गर्नुभएको थियो । उद्घाटन सत्रका क्रममा बोल्दै पौडेलले मनोनीत उपसमितिका संयोजक एवं सदस्यहरुको बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । पौडेलले संस्थाले लिएको लक्ष्य प्राप्तीका लागि सम्पूर्ण समिति, उपसमिति, सदस्य र कर्मचारीहरुको उत्तीकै भूमिका रहने बताउनु भएको थियो । पौडेलले सिवाईसी साकोस अरु सहकारी संस्थाभन्दा फरक तरिकाले सदस्यहरुलाई सेवा दिने खालको संस्था भएकाले यसका समिति उपसमिति र कर्मचारीहरु पनि केही फरक ढंगको काम गर्न रुचाउने खालका हुनुपर्ने बताउनु भएको थियो ।

कार्यक्रममा सल्लाहाकार होमवहादुर हमाल, संस्थाका पूर्व कोषाध्यक्ष संगिता शर्मा पौडेल, पूर्व सञ्चालक तारावहादुर वि.क, नेफ्स्कून फिल्ड कार्यालय पोखराका प्रमुख भरत सापकोटा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा आव. ०७६।०७७ मा संस्थामा वढि कारोवार गरेका उत्कृष्ठ ५० जना सदस्यहरुलाई संरक्षीत पुँजी फिर्ता कोषको माध्यमबाट रकम हस्तान्तरण गरिएको थियो । जसबाट सबैभन्दा धैरै रकम पाउने सदस्यमा चारतारे युवा क्लव सिवाईसी नेपालले रु. ३ लाख भन्दा वढि संरक्षीत पुँजि फिर्ता कोषबाट रकम प्राप्त गरेको छ ।

संस्थाले सोहि दिन आफ्नो विस्तारीत बैठक समेत सम्पन्न गरेको थियो । विस्तारीत बैठकमा संस्थाको आगामी कार्यदिशा, संस्था एकीकरण, प्रगती समिक्षा लगाएतका विषयमा छलफल भएको थियो ।

संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सहसचिव सुवास आचार्य र सञ्चालन सचिव जयराम भारीले गर्नुभएको थियो ।

Share This: