नेफ्स्कून र जिल्ला बचत संघ साझेदारी सम्झौता कार्यान्वयन अभिमुखीकरण

मंसिर १७, काठमाडौं । नेफ्स्कून र जिल्ला बचत संघ सेवा तथा व्यवसाय साझेदारी सम्झौता कार्यान्वयन अभिमुखीकरण आज संघको आयोजनामा काठमाडौंमा सम्पन्न भएको छ ।

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष डी.बी. बस्नेतको अध्यक्षता र राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष एवं नेफ्स्कूनका सल्लाहकार मीनराज कंडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेफ्स्कून र जिल्ला बचत संघ व्यवसायी साझेदारी सम्झौता भएका १५ जिल्ला बचत संघका अध्यक्ष र व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कंडेलले सहकारी अभियानलाई दीगो र संस्थागत बनाउन सबै मिलेर प्रारम्भिक संस्थालाई व्यवसायीक बनाउने र जनताको पैसा सुरक्षित हुने अभियानको थालनी गर्नुपर्नेमा जोड दिनुभयो ।

लेखा समिति संयोजक दामोदर अधिकारीले सदस्यहरुलाई उत्पादन केन्द्रीत बनाउन सीप विकासका कार्यक्रमहरुमा जोड दिने र साकोसको व्यावसायीक सफलताका लागि काम गनुपर्ने बताउनुभयो ।
अध्यक्ष डी.बी. बस्नेतले नेफ्स्कून र जिल्ला बचत संघ साझेदारी कार्यक्रमले सदस्य संस्था, सदस्यहरु र जिल्ला बचत संघ सबैलाई फाइदा पुग्ने बताउनुभयो ।

अकुका प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यान रोक्यो, प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराची र संघका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले केन्द्रीय संघ र जिल्ला बचत संघबीचको सेवा तथा व्यवसाय साभेदारीको आवश्यकता र महत्व को विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा एशियाली ऋण महासंघ (ACCU) का प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यान रोक्यो, प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराची, नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष परितोष पौड्याल, महासचिब चन्द्र प्रसाद ढकाल, लेखा सुपरिवेक्षण समिति संयोजक दामोदर अधिकारी, सञ्चालक सदस्य दीपक पनेरु, उद्धव सापकोटा, प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा लगायतको विशेष उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन संघका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले गर्नुभएको थियो ।

-साकोस खबर बाट-

Share This: