नेफ्स्कून तालिम केन्द्रको शिलान्यास

काभ्रे, ३ पुस । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १२ बासडोलमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) तालिम केन्द्रको शिलान्यास भएको छ ।  बचत तथा ऋण सहकारीको छाता संगठन नेफ्स्कूनले आफ्ना सदस्य संघसंस्थाहरूलाई सहजै तालिम प्रदान गर्ने उद्देश्यले २० रोपनी जग्गामा सुविधासम्पन्न तालिम केन्द्र बनाउन लागेको हो ।

 

 

तालिम केन्द्रको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले शिलान्यास गर्नुभयो । सो अवसरमा बडालले काम शुरुवात गर्नु भन्दा सम्पन्न गर्न निकै चुनौती रहेको उल्लेख गर्दै सबैको साथ र सहयोगमा योजना अनुरूप समयमै काम सम्पन्न गर्न शुभकामना दिनुभयो  । त्यसैगरी नेफ्स्कूनका पूर्व कोषाध्यक्ष नानीबाबु बुढाथोकीले व्यक्तिगत रूपमा ५५ हजार रूपैया सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा सहकारी अभियानका विज्ञहरूको उपस्थिती रहेको थियो ।

 

Share This: