ग्रामीण सेवा साकोसको ११ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । ग्रामीण सेवा साकोसको ११ औं वार्षिक साधारण सभा संस्थाकी अध्यक्ष शुलोचना श्रेष्ठको सभापतित्त्वमा पुष २५ गते सम्पन्न भयो ।

 

साधारण सभाको प्रमुख अतिथि सूचना चौतारी सञ्चार सहकारी संस्थाकी लेखा सुपरीवेक्षण समिति सदस्य रमिला श्रेष्ठ शाक्यले सभालाई सम्बोधन गर्दै आजको आर्थिक स्थितिलाई ध्यानमा राखी सहकारीका सदस्यहरूलाई समृद्ध बनाउन सदस्यलाई व्यवसाईक र उद्यमी बनाउन जरूरी रहेको बताउनुभयो ।

सभाका विशेष अतिथि नेपाल सेवा माइक्रो फाइनान्सका अध्यक्ष मदन श्रेष्ठले शंखरापुर नगरपालिका का सबै व्यक्तिहरूलाई सहकारीमा आबद्ध गराई आर्थिक स्थिति बलियो बनाउन सकिने बताउनुभयो ।

सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन संस्थाको सचिव भुषण वाशीले प्रस्तुत गर्नुभएको थियो भने स्वागत मन्तव्य सदस्य सङगिता श्रेष्ठले राख्नुभएको थियो ।

Share This: