पञ्चशील साकोसको मुनाफा नौ लाख ८६ हजार

-बद्री नयाँघरे-

रामेछाप २८ पुस।  खाँडादेवी गाउँपालीकाको सित्खा बजारमा कृयाशिल पञ्चशील साकोसले गत आर्थिक बर्षमा ९ लाख ८६ हजार ३ सय तेह्र रुपैयाँ नाफा कमाउन सफल भएको छ ।साकोसले शनिबार सित्खा बजारमा आयोजना गरेको ११ औं बार्षिक साधारण सभाका अबसरमा कोषाध्यक्ष दशरथ केसीले आफनो आर्थिक प्रतिबेदन मार्फत सो कुराको जानकारी गराएका हुन् । उनले संस्थाले हाल सम्म ५ करोड २९ लाख १२ हजार ९ सय ५२ रुपैयाँ बराबरको कारोवार गरेको पनि जानकारी गराए ।

साधारणसभाले लेखा तथा सुपरीबेक्षण समितिका संयोजक रामहरी केसीद्धारा प्रस्तुत लेखा सुपरिबेक्षण प्रतिबेदन र सचिबको आर्थिक प्रतिबेदन पनि पारीत गरेको छ । बिबिध सास्कृतिक कार्यक्रम सहित आयोजना गरिएको उक्त साधारण सभाले शेयर सदस्यहरुको आर्कर्षणका लागि भाग्यशाली चिठ्ठा मार्फत मनोरन्जन दिलाउनुका साथै ४० जना शेयर सदस्यहरुलाई सहकारी अध्ययन अवलोकन भ्रमणका लागि छनौट गरेको छ ।

जिल्ला सहकारी संघका कार्यबाहक अध्यक्ष हिमाल ढुंगेल र पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलले संयुक्त रुपमा साधारण सभाको उद्घाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि हिमाल ढुंगेलले नीति र बिधि बिपरीत चल्ने सबै सहकारी संस्थाहरुलाई कारबाहीको दायरामा आउने भएकोले सवैले सजगता पुर्बक काम गर्नु पर्ने वताए ।

उनले राज्यले १ सहकारी १ सदस्यको नीति ल्याईसकेकोले आगामी असोज महिना भित्र यो नीति कडाईका साथ लागु हुने दावि पनि गरे । सहकारीले ऋण लगानी गरेपछि ऋणको परिचालनको अबस्थाको बारेमा छोटो समयमा अनुगमन नगर्दा गलत ठाउँमा ऋण लगानी भएकाले धेरैले यो समस्या ब्यहोर्दे आएको र यसलाई नियन्त्रण गर्ने पनि सबैलाई आग्रह गरे । कार्यक्रमका अर्का अतिथि रमेश ढुंगेलले सहकारीहरुले उत्पादन मूलक कामका लगि मात्र ऋण प्रवाह गर्नु पर्ने सुझाव दिए । सहकारीहरु नीति र बिधि भित्र रहेर नचलेको स्मरण गराउँदै स्थानीय तह र जिल्ला सहकारी संघले समन्वय गरी यस्ता सहकारीलाई नियमन गर्नुपर्ने कुरामा पनि जोड दिए । संस्थाका अध्यक्ष अरुण कुमार केसीको अध्यक्षतामा सम्पन्न साधारणसभामा साकोसका उपाध्यक्ष शुरेश कुमार केसीले स्वागत मन्तब्य राखेका थिए ।

Share This: