गरिवी निवारणका लागि सहकारी माध्यम नै उपयुक्त र भरपर्दोः मन्त्री शाह

राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजनामा प्रदेश नं. २ को समृद्धि र विकासमा सहकारी संघ÷संस्था र राष्ट्रिय सहकारी बैंकको भूमिका विषयक एक दिने गोष्ठी  जनकपुरमा सम्पन्न भएको छ । उक्त गोष्ठीलाई सम्बोधन गर्दै प्रदेश नं. २ का भूमिव्यवस्था, कृषितथा सहकारी मन्त्री शैलेन्द्र शाहले गरिवी निवारणका लागि सहकारी माध्यम नै उपयुक्त र भरपर्दो विधि भएकाले प्रदेश सरकार सहकारी अभियानसंग सहकार्य गरेर अगाडि बढ्न तत्पर रहेको बताउनुभयो ।

बहुआयमिक गरिवीको हिसावले प्रदेश नं. २ कमजोर अवस्थामा रहेको भन्दै उहाँले प्रदेशको गरिवी न्युनिकरणका लागि राज्य र सहकारी मिलेर प्रभावकारी रुपमा अगाडि बढ्न आवश्यक रहेको उहाँको भनाई थियो । सहकारी र सरकारबीच समन्वयका लागि सहकारी क्षेत्रको गुणस्तर वृद्धिमा समेत राष्ट्रिय सहकारी बैंक लगायतका अभियानसंग समन्वय गरेर अगाडि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कंडेलले सहकारी अभियानमार्फत मुलुकको समृद्धिका लागि सहकारीका संघहरुको सक्रियता बढाउनु पर्नेमा जोड दिनुभयो । सहकारीहरुले गरेका सकारात्मक कामहरुको प्रद्धर्वन गर्दै कमजोरी सुधार गरेर सहकारी अभियानलाई प्रभावकारी बनाउन र राज्यका निकायहरुसंग समन्वय गर्न उहाँले आव्हान गर्नुभयो ।

कार्यक्रमको औचित्यका बारेमा प्रकाश पार्दै बैंकका अध्यक्ष के.बी. उप्रेतीले राज्यले विपन्न वर्गका जनताको आर्थिक विकास र देशको गरिवीनिवारणका लागि विनियोजन गर्ने बजेट सहकारी बैंक मार्फत अगाडि बढाउनका लागि समन्वय गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको बताउनुभयो ।

Share This: