पशु स्वास्थ्य सुरक्षण तालिम सम्पन्न

सल्यान । साना किसान कृषि सहकारी संस्था लि. कपुरकोटको आयोजनामा दुई दिने पशु स्वास्थ्य सुरक्षण तालिम सम्पन्न भएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. बिरेन्द्रनगर सुर्खेतको सहयोगमा मिति २०७६ माघ २४ र २५ गते तालिम सञ्चालन भएको थियो । तालिमको उद्घाटन गर्दै कपुरकोट गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत हिरालाल भण्डारीले तालिमको आयोजना गरेकोमा धन्यवाद दिदै अबका दिनमा स्थानीय सरकारले किसानको हितको लागि साना किसान कृषि सहकारीसंग मिलेर काम गर्न सकिने जानकारी दिनु भयो ।

यसै गरि वडा नं. ३ का वडाअध्यक्ष मिनबहादुर सेनले स्थानीय सरकार सहकारीको बिचमा जनहितका काम गर्न तीन खम्बे नीति अनुसार अगाडि बढने बाताउनु भयो । साना किसान कृषि सहकारीका प्रबन्धक तिर्थराज शर्माले संस्थाको प्रगति प्रस्तुत गर्नुभएको थियो भने  कार्यक्रमको सभाध्यक्ष संस्थाका अध्यक्ष डम्बरबहादुर ऐरिले गर्नु भएको थियो ।

तालिममा पशुपालन गर्दा कृषकले ध्यान दिनुपर्ने कुराहरू,  पशुमा लाग्ने रोग, आहारा , बस्ने बास , रोगको उपचार को बिधि , खोर व्यवस्थापन , बाख्रा , भैंसी, उन्नतगाई, बंगुर पालन का बिधिहरू किसान लाई सिकाइएको थियो ।  तालिमको प्रशिक्षण कपुरकोट गाउपालिकाका पशु प्राबिधिक अरूणा भण्डारी र सुर्य भुषालले दिनु भएको थियो । तालिमको उद्देश्य किसानलाई व्यवसायिक बनाई, आर्थिक सुधारल्याई गरिबी न्युनिकरण गर्ने रहेको थियो । तालिममा ६० जनाको उपस्थिति रहेको थियो ।

Share This: