भारत जाने सहकारीकर्मीहरूको विदाई

काठमाडौं, २९ माघ । सहकारी अध्ययन तथा अवलोकन भ्रमणको लागि २९ सदस्यीय सहकारी टोलि भारतको नयाँदिल्ली जादैछ । सूचना चौतारी सञ्चार सहकारी संस्था लिमिटेडको आयोजना तथा भारतको राष्ट्रिय सहकारी संघ (NCUI)को निमन्त्रणामा यहि फ्रेवरी १३ देखि १७ सम्म भारतको नयाँ दिल्लीमा टोली जाने भएको हो ।

भ्रमण टोलिलाई सूचना चौतारी सञ्चार सहकारी संस्थाका अध्यक्ष विपिन शर्माले एक कार्यक्रमकाबीच विदाई गर्नुभयो । सो अवसरमा अध्यक्ष शर्माले टोलिलाई सफल यात्राको शुभकामना दिदै भारतमा रहेको सहकारी संघसंस्थाबाट धेरै कुरा सिक्न सकिने र यस भ्रमणले नेपाली सहकारी अभियानमा पनि फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

२९ सदस्यीय भ्रमण टोलीको नेतृत्व सूचना चौतारी सञ्चार सहकारी संस्थाका लेखा सुपरीवेक्षण समिति सदस्य रमिला श्रेष्ठ शाक्यले गर्नुभएको छ । शाक्यले अध्ययन तथा अवलोकन भ्रमणको क्रममा हुने कार्यक्रमकोबारे भ्रमण टोलीका सदस्यहरुलाई संक्षिप्त जानकारी गराउनु भएको थियो ।

न्यूरोडस्थित पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सभाकक्षमा भएको कार्यक्रममा अध्ययन तथा अवलोकन भ्रमण टोलिलाई अभिमुखीकरण तथा विदाई कार्यक्रममा पञ्चकन्या साकोसका सचिव दिनेश कुमार पोख्रेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन रमिला श्रेष्ठ शाक्यले गर्नु भएको थियो ।

Share This: