नारायणी नदी किनार सरसफाई कार्यक्रम सम्पन्न ।

चितवनमा रहेको फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वातावरण सरसफाई कार्यक्रम  अन्तर्गत नारायणी नदी किनार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । फेन्सी साकोसको ९ औं स्थापनाा दिवसको अवसरमा फेन्सी व्यवसायी संघ र फेन्सी साकोसको संयुक्त आयोजनमा उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुन नारायण श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने अतिथिमा वे ग्रुप नेपालका अध्यक्ष भोजनारायण कंडेल रहनुभएको थियो ।

 

कार्यक्रममा फेन्सी साकोसका उपाध्यक्ष मेघराज कंडेल, कोषाध्यक्ष बोधराज शर्मा, लेखा सुपरिवेक्षण समिति संयोजक प्रधुम्न कुमार सापकोटा, सञ्चालक समिति, उप–समिति, वे ग्रुप नेपालका पदाधिकारी, सञ्चालक र संस्थाका कर्मचारीहरु फेन्सी व्यवसायी संघका अध्यक्ष खिमलाल अर्याल, कोषाध्यक्ष यम प्रसाद घिमिरे, सचिव विवेक कंडेल, कार्यसमिति, उप–समितिका पदाधिकारीहरूको  सक्रिय सहभागिता रहेको थियो ।

 

फेन्सी साकोसको ९औं वार्षिक उत्सबको अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्ने अभिप्रायले विभिन्न कार्यक्रमहरुमध्येको पहिलो कार्यक्रम वातावरण सरसफाई कार्यक्रम सम्पन्न गरिएको, आगमी कार्यक्रममा भरतपुर हस्पतालमा शुत्केरी महिला भेटघाट, फाल्गुन ५ गते शेयर सदस्यलाई सहकारी कानुनी शिक्षा, फाल्गुन ११ गते शदिचोक, नारायणगढमा बृहत खुल्ला रक्तदान र फाल्गुन ११ गते बेलुकी संस्थाको स्थापना दिवश समापन गर्ने कार्यक्रम रहेको साकोसका अध्यक्ष प्रकाश गैरेले बताउनुभएको थियो । सरसफाई लागि आवश्यक सामग्रीहरु भरतपुर महानगरपालिका चितवनबाट सहयोग प्राप्त भएको थियो ।

 

सामाजिक उत्तरदायित्व बहान गर्ने कार्यलाई निरन्तरता दिनका लागि वातावरण सरसफाई कार्यक्रम नियमित रुपमा प्रत्येक वर्ष सञ्चान गर्दै लैजाने फेन्सी व्यवसायी संघका अध्यक्ष खिमलाल अर्यालले बताउनु भएको थियो ।

कार्यक्रम फेन्सी साकोसका सञ्चालक सदस्य रामचन्द्र सुवेदीको मुल संयोजन र फेन्सी व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष  शंकर प्रसाद घिमिरेको सह–संयोजनमा सम्पन्न गरिएको थियो ।

Share This: