“प्रथम बहुउद्देश्यीय सहकारी राष्ट्रिय सम्मेलन २०७६ ” हुने

ललितपुर । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमेटेडको आयोजनामा “प्रथम बहुउद्देश्यीय सहकारी राष्ट्रिय सम्मेलन २०७६ ” हुने भएको छ । ललितपुर महानगरपालिका, वडा. न. १३, कुसुन्तीमा केन्द्रीय कार्यलय रहेको उक्त संघले राष्ट्रिय सम्मेलन मिति २०७६ फाल्गुन ३० गते देखि चैत्र १ गते सम्म होटल सोल्टी क्राउनप्लाजा ताहाचल, काठमाडौंमा गर्न लागेको हो । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले बहुउद्देश्यीय सहकारी संघ/संस्थाहरूको पहिलो राष्ट्रिय स्तरको सम्मेलनमा देशैभरका बहुउद्देश्यीय सहकारी संघ/संस्थाहरूका पदाधिकारीहरूलाई सहभागिताको लागि अनुरोध गरेको छ ।

Share This: