सामुदायिक साकोसको अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न

पनौती । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को आ.व.२०७६-०७७ को अर्धवार्षिक समिक्षा गोष्ठि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत शीवजी सापकोटाको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष प्रकाश बन्जाराको सभाध्यक्षतामा संस्थाको मुख्य कार्यालयको सभाहलमा २०७६ फाल्गुन ३ गते सम्पन्न भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शिवजी सापकोटाले सकारात्मक सोच र उद्देश्यका साथ सुरुवात गरिएको यस संस्थाले सधै उच्च सोच र सुशासनका साथ कार्य गरिरहेको प्रमाणको रुपमा विभिन्न समयमा प्राप्त सम्मान, ब्राण्ड र पुरस्कारलाई लिन सकिने बताउनुभयो । यसैक्रममा  बागमती प्रदेशबाट प्राप्त प्रदेशको उत्कृष्ठ सहकारीको सम्मानलाई पनि एक उपलब्धिको रुपमा लिदै अझै सकारात्मक रुपमा अग्रगामि सोचका साथ प्रतिस्पर्धीहरु भन्दा अगाडि बढ्नका लागि योजना बनाएर लाग्नुपर्ने विचार समेत व्यक्त गर्नुभएको थियो ।

त्यस्तै संस्थाका प्रमुख सल्लाहकार शम्भुलाल श्रेष्ठले  प्रदेशको उत्कृष्ठ सहकारीको रुपमा सम्मानित भएकोमा सबैमा बधाई ज्ञापन गर्नुहुँदै एउटा सानो सहकारीको रुपमा स्थापना गरिएको संस्था आजको स्थितिमा अइपुग्नु आफैमा गर्वको कुरा रहेको  विचार व्यक्त गर्दै यसलाई  निरन्तरता दिदै जानको लागि कार्यको समिक्षा र पुनर्योजनाको कार्यले सहज हुने विचार ब्यक्त गर्नु भएको थियो ।

यसै क्रममा संस्थाका  लेखा तथा सुपरिवेक्षण समितिका संयोजक हरीप्रसाद तिमाल्सिनाले प्रदेशबाट सम्मानित भएकोमा यसको लागि योगदान गर्नुहुने सञ्चालक, कर्मचारी  लागायत सवै सदस्य तथा शुभचिन्तकहरुमा  हार्दिक कृतज्ञता व्यक्त गर्दै लेखा तथा सुपरिवेक्षण समितिको  अर्धवार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो जस अनुरुप संस्था सुशासनमा रहेको  आर्थिक प्रगतिको अवस्था पनि सन्तोषजनक रहेको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यसैक्रममा उहाँले विभागको सूचनामा प्रकाश पार्दै संस्थालाई आफ्नो कार्यक्षेत्र भित्रका उपलब्ध संस्थाहरुमध्ये पहिलो छनौटको रुपमा स्थापित गराउन लागिपरिरहेको जानकारी गराउनु  भयो ।

कार्यक्रममा  संस्थाका परामर्शदाता  दीपक थापाले संस्था सम्मानित भएकोमा खुशी ब्यक्त गर्दे प्रतिस्पर्धा बढ्दै गएको अवस्थामा संस्थालाई निरन्तर रुपमा प्रतिस्पर्धामा उत्कृष्ट कायम राख्नको लागि संस्थाको सुशासन र उत्कृष्ट व्यवस्थापनलाई सधै कायम राख्नु पर्ने र प्रतिस्पर्धाको विचमा उत्कृष्ट रहनु पर्ने विचार व्यक्त गर्नु भएको थियो ।

गत मन्तब्य राख्दै संस्थाका उपाध्यक्ष  कुमार प्रसाद लामिछानेले संस्थाका संञ्चालक समिति, उप समिति तथा कर्मचारीहरुलाई  मियोका रुपमा रहेर संस्थालाई चलायमान गराउँदै बागमती प्रदेशको उत्कृष्ट संस्थाको रुपमा स्थापित गर्न सफल रहेको विचार व्यक्त गर्नुभयो ।

संस्थाको आ.व. २०७६÷०७७ अर्धवार्षिक तुलनात्मक प्रतिवेदन पेश गर्नुहुँदै संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले वित्तिय लक्ष्यका विभिन्न सूचांकरहरुमा भएको  प्राप्तिको तुलनात्मक विवरणहरु समेत पेश गर्नुभएको थियो । विशेषगरि संस्थाको वासलातमा लक्ष्यको आधारमा भएको प्राप्तिलाई अंकमा साथै प्रतिशतमा तुलनात्मक रुपमा पेश गर्नुहुँदै त्यसमा लक्ष्य अनुरुप नपुग भएका सूचाँकहरुका कारण साथै आ.व.को अन्तिम सम्म ति सूचांकहरुलाई लक्ष्य अनुरुप कसरि पुर्याउन सकिन्छ भन्ने योजना समेत प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदनमा वित्तीय, प्रसाशनिक ,कर्मचारी व्यवस्थापन, भेला, गोष्ठि तथा कार्यक्रमहरुको लक्ष्य तथा प्राप्ति विवरण पेश गर्दै समग्रमा पुस मसान्त सम्म ९४.०२ प्रतिशतको लक्ष्य प्राप्ति भएको जनाकारी गराउनु भएको थियो ।

कार्यक्रममा कोषाध्यक्ष प्रताप ताम्राकारले कोषाध्यक्षको प्रतिवेदन पेश गर्नुहुँदै वित्तिय लक्ष्यमा भएको प्राप्तिलाई सारांशको रुपमा पेश गर्नुहुँदै  त्यसमा भएको प्रगति र आ.व.को अन्तिम सम्ममा ति लक्ष्यहरु प्राप्त हुनेमा विश्वस्त रहन सवैमा आग्रह समेत गर्नु भएको थियो । आम्दानि तथा खर्चमा भएको परिमार्जन साथै कार्यक्रमहरुको लक्ष्य प्राप्तिका लागि केन्दिय कार्यालय तथा सेवाकेन्द्रहरु मार्फत कार्यक्रमको ब्यापकता गराई कार्यक्षेत्र भित्रका जनसमुदायमा संस्थाप्रतिको सकारात्मक भावना विकास गराई आवद्धताको लागि पे्ररित गरिने समेत विचार ब्यक्त गर्नु भएको थियो । यस कार्यमा सञ्चालक समिति, उप– समिति  लगायत सवैको सहयोग र समन्वयको भुमिका महत्वपूर्ण रहने विचार समेत व्यक्त गर्नु भयो ।

कार्यक्रमको समापनमा संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष प्रकाश वन्जाराले कार्यक्रमको महत्वमाथि प्रकाश पार्दे अन्तरक्रियाका क्रममा उठेका जिज्ञासाहरुमा सहजीकरण गर्दे प्राप्त सम्मान नीति , विधि र सुशासनमा  संस्था सञ्चालन भएको प्रतिफल भएकोले आगामि दिनमा पनि नीति, विधि र सुशासनलाई प्रमुखतामा राखि सञ्चालन गरि संस्था एकीकरणको अभियानलाई पनि निरन्तरता दिने विचार राख्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका सेवाकेन्द्रहरुबाट उपस्थित हुनु भएका नव गठित उप– समितिका संयोजक तथा सदस्यहरुलाई सम्मान तथा स्वागत गरिएको थियो । संचालक समितिका पदाधिकारीहरु लेखा तथा सुपरिवेक्षण समितिका सदस्यहरु  उप–समितिका सदस्यहरु, विभागिय प्रमुखहरु तथा सेवाकेन्द्र प्रमुखहरु लगायतका कर्मचारीहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव मुकुन्द शर्माले गर्नु भएको थियो ।

Share This: