सहकारी अध्ययन तथा अवलोकन भ्रमणमा गएका टोलि स्वदेश फिर्ता

सूचना चौतारी सञ्चार सहकारी संस्था लिमिटेडको आयोजना तथा भारतको राष्ट्रिय सहकारी संघ (NCUI)को निमन्त्रणामा सहकारी अध्ययन तथा अवलोकन भ्रमणको लागि फाल्गुन १ गते भारतको नयाँदिल्ली गएको २८ सदस्यीय सहकारी टोलि ६ गते स्वदेश फर्किएका छन् ।

एन.सि.यु.आई.ले फाल्गुन २ गते स्वागत कार्यक्रमको आयोजना गरेको थियो, सो कार्यक्रममा नेशनल को-अपरेटिभ सेन्टर अफ एजुकेशन(NCCE) कि उपनिर्देशक  तथा कार्यक्रमकि संयोजक सन्ध्या कपुरले सहकारी अध्ययन तथा अवलोकन भ्रमणमा गएका टोलिलाई स्वागत गर्नुभएको थियो । सोहि अवसरमा सूचना चौतारी सञ्चार सहकारीका सचिब कमलराज अधिकारीले सहकारी अध्ययन तथा अवलोकन भ्रमणको लागि निमन्त्रणा गरेकोमा एन.सि.यु.आईलाई धन्यवाद दिनुका साथै नेपाली खादा लगाई  भारतीय सहकारीकर्मिहरूलाई मायाको चिनो प्रदान गर्नुभयो ।

 भ्रमणका क्रममा रहेको बेला उनीहरूले भारतको विभिन्न सहकारीको अवलोकन गर्नुका साथै विभिन्न धार्मिक स्थलहरूको भ्रमण समेत गरेका थिए । उनीहरूले भारतकै दोस्रो ठुलो मल,विउविजन, माटो परिक्षण लगायतका क्षेत्रमा काम गर्दै आएको कृषक भारती को- अपरेटिभ लिमिटेड(KRIBHO) को समेत अवलोकन गरेका थिए ।

एन.सि.यु.आई.ले त्यस्तै फागुन ६ गते अध्ययन तथा अबलोकन भ्रमणको समापन कार्यक्रम गरिएको थियो । सो अबसरमा सो अवसरमा  एन.सि.यु.आईका कार्यकारी निर्देशक भि.के. दुब्लेले एन.सि.यु.आईको निमन्त्रणालाई स्विकार्दै भारतको सहकारी अध्ययन तथा अवलोकन भ्रमणमा आएकोमा सम्पुर्णलाई धन्यवाद दिनुभयो । उहाँले सहकारी सञ्चालन गर्न निकै आत्मियता र धैर्यताको आवश्यकता हुने बताउदै सहकारीको मर्म र सिद्धान्तलाई व्यवहारमा लागु गर्न सकेमा आफू र समाज दुबैको हित हुने बताउनुभयो । त्यस्तै भारतका पुर्व शिक्षा उपनिर्देशक तथा दिल्ली हेल्थ केयर सहकारी समितिका चिफ पार्टनर महेन्द्र पाल सिंह डांगिले नेपाल भारत बिचको सम्बन्ध निकै उच्च स्तरको रहेको बताउदै यस्ता अवलोकन भ्रमण लगायतका कार्यक्रमहरूले दुबै देशलाई एक अर्कामा सिक्ने  सिकाउने अवसर प्राप्त हुने बताउनुभयो ।

सोहि कार्यक्रममा सूचना चौतारी सञ्चार सहकारी संस्थाका सञ्चालक ठाकुरनाथ आचार्यले कार्यक्रममा उपस्थित भारतीय सहकारीकर्मिहरूलाई नेपाली ढाकाको दोसल्ला आढाई मायाको चिनो प्रदान गर्नुभएको थियो । पञ्चकन्या साकोसका कार्यकारी प्रमुख दिनेश पोखरेलले सहकारी अध्ययन तथा अवलोकन भ्रमणको उपलब्धिबारे संक्षिप्त जानकारी गराउदै, नेपाल भ्रमण वर्ष २०२० चलिरहेकोले नेपाल भ्रमण गर्न  उनीहरूलाई आग्रह समेत गर्नुभयो ।

 

Share This: