सिवाईसी साकोसको अर्धवार्षिक समिक्षा बैठक सम्पन्न

बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि.बागलुङको आ.व. ०७६/०७७ को अर्धबार्षिक समिक्षा बैठक फागुन ६ गते होटेल दि राजन बागलुङमा सम्पन्न भएको छ । संस्थाको ४ बर्षे रणनैतिक योजनाको पहिलो बर्षको अर्धबार्षिक समिक्षा संस्थाका सञ्चालक समिति, सल्लाहाकार, सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमिति संयोजक तथा प्रतिनिधि,सेवाकेन्द्र प्रमुख बिच सम्पन्न भएको हो ।

बैठकमा संस्थाका ९ वटा सेवाकेन्द्रहरुका संयोजकहरूले आ–आफ्नो सेवाकेन्द्रको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँहरुले हालसम्म सेवाकेन्द्रमा भईरहेका कार्यहरु साथै आगामी दिनहरुमा गर्ने कार्यहरु प्रस्तुत गर्नुभएको थियो । शुभकामना मन्तव्यमा बोल्दै संस्थाका सल्लाहाकार होम बहादुर हमालले संस्थामा यसरी प्रत्येक ६/६ महिनामा समिक्षा गर्दा संस्था कस्तो अवस्थामा अगाडी बढिरहेको छ भन्ने कुरा सवैमा जानकारी हुने कुराको जानकारी गराउनुभयो । त्यस्तै सल्लाहाकार बद्रिप्रसाद शर्मा पौडेलले बित्तिय संस्थामा  कर्मचारी तथा सञ्चालकहरुले निति तथा नियमको परिधिमा रहेर काम गर्नुपर्ने कुरा बताउनुभयो । बैठकको समापन गर्नुहुदै संस्थाका अध्यक्ष एवं बैठकका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सम्पूर्णले आ–आफ्नो सेवाकेन्द्रले आ–आफ्नो लक्ष्य प्राप्तिका लागी बार्षिक कार्ययोजना अनुसार कार्य गर्नुपर्ने बताउनुभयो ।

४० जनाको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष  चण्डिप्रसाद शर्मा पौडेलले गर्नुभएको थियो , स्वागत संस्थाका कोषाध्यक्ष सितादेवी सापकोटा कँडेल र सञ्चालन संस्थाका सचिव जयराम भारीले गर्नुभएको थियो ।

Share This: