बकैया गाउँपालिकाको आयोजनामा विद्यालयमा सहकारी शिक्षा कार्यक्रम सम्पन्न

बकैया गाउँपालिकाले यस वर्ष सहकारी क्षेत्रको लागि १५ लाख बजेट विनियोजन गरेको छ

मकवानपुर । बकैया गाउँपालिकाको आयोजनामा विद्यालयमा सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ । बकैया गाउँपालिकाका ९ वटा माध्यमिक र २ वटा प्रस्तावित माध्यमिक विद्यालय गरि ११ वटा विद्यालयमा माघ २७ गते देखि फागुन ५ गते सम्म कार्यक्रम सञ्चालन भएको थियो ।

उक्त कार्यक्रममा कक्षा ७ देखि १२ कक्षा सम्म अध्ययनरत ७१३ जना विद्यार्थिहरूलाई सहकारीताको परिचय, सिद्धान्त, मुल्य, मान्यता, सहकारी संस्थाका प्रकार, सहकारी संस्थाको सदस्यता लिने प्रकृया, बचतको अवधारण र उद्देश्य, बचत बढाउने तरिका, ऋण लिनुपर्ने अवस्था, समयमा ऋण भुक्तानि नगर्दा हुने बेफाइदा, विमाको प्रकार, विमा गराउदा हुने फाइदा, विमा गराउने प्रकृयाका बारेमा सहजिकरण गराईएको थियो ।

कार्यक्रम सहजिकरणको जिम्मेवारी बकैया गाउँपालिका सहकारी समन्वय समितिका संयोजक एंव सहकारी प्रशिक्षक सिताराम दाहाललाई दिईएको थियो भने कार्यक्रमको व्यवस्थापन बकैया गाउँपालिका सहकारी विभागका प्रमुख फटिकरमण प्याकुरेलले गर्नुभएको थियो । त्यस्तै सहकारी अभियन्ताहरू कृष्ण धतामी, डोवनाथ पाण्डे, श्यामकुमार दाहाल, वकैया गाउँपालिका वडा न. ४ का वडाध्यक्ष एंव सहकारीकर्मी राजन दंगाल, नारायण घिमिरे, छोरसाङ बल र सिंहविर घलान आदिले पनि कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।

बकैया गाउँपालिकाले विद्यालयमा सहकारी शिक्षा कार्यक्रमको लागि करिब १ लाख बजेट विनियोजन गरेको थियो । यस कार्यक्रमले “सानै उमेर देखि बालबालिकाहरूमा बचत गर्ने बानीको विकास हुने र फजुल खर्च कटौती हुने ” धारणा राख्दै बकैया गाँपालिकाका उपाध्यक्ष सरला बोलखेले भन्नुभयो ‘ हामी निरन्तर सहकारी अभियानमा छौं ।”

बकैया गाउँपालिकाले यस वर्ष सहकारी क्षेत्रको लागि १५ लाख बजेट विनियोजन गरेको र उक्त विनियोजित बजेटलाई प्रभावकारी ढंगले खर्च गर्न सहकारी मार्फत पालिकाको आर्थिक समृद्धि गर्ने धारणा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडाशैनीले राख्नुभयो ।

माध्यमिक तहमा अध्ययनरत विद्यार्थिहरूलाई सहकारीको परिचय तथा महत्व अवगत गराउदै फजुल खर्च कटौती गर्न र बचत गर्ने बानिको विकास गर्ने उद्देश्य कार्यक्रमको रहेको थियो । कार्यक्रम अत्यन्त प्रभावकारी रहेको धारणा सहभागी विद्यार्थीहरूले र शिक्षकहरूले राख्नुभएको थियो ।

Share This: