उपासना महिला सहकारी द्धारा कोेरोना भाइरस सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन

काठमाण्डौँ फागुन २९ उपासना महिला बचत तथा ऋण सहकारी संस्था ली. द्धारा संस्थाको आफ्नै भबनमा संस्थाका सञ्चालक तथा सदस्यहरुलाई ११० औँ अन्तराष्ट्रिय नारी दिबसको अबसरमा कोरोना भाइरस सम्बन्धी जनचेतना मुलक कार्यक्रम सञ्चालन गरेको छ ।

जसको सहजीकरणको लागि नागार्जुन नगरपालिकाका स्वास्थ्य कर्मी श्री कमला पन्त र पुष्पादेवी बलामी ज्यूले गर्नु भएको थियो । सो अबसरमा कार्यक्रममा उपस्थित सम्पूर्णमा संस्थाकी कार्यकारी प्रमूख अमराबती बलामीले सबैलाई हार्दिक धन्यवाद दिनुभएको थियो । यसै अबसरमा संस्थाको अर्धबार्षिक प्रतिबेदनको समिक्षा समेत गरिएको थियो ।

Share This: