सहकारी र यकान्तबास

सम्पुर्ण विश्व जगत नै आफ्नै घेराबन्दिमा आफै रहिरहदा,अझ भनौ प्रकृती ले मानवता माथि तिखो बाण प्रहार गरिरहदा विश्व भरिका मानव जगत यकान्तबास मा बसिरहदा राष्ट्रको हरेक क्षेत्र प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा समस्या ग्रस्त त छदै छन ,हुने खाने र हुदा खाने हरु बिच को खाडल झनै गहिरिदै गएको अवस्था छ,यहि दुखद घडिमा आज म आर्थिक क्षेत्र विशेषत सहकारी क्षेत्र को बारेमा छोटो चर्चा परिचर्चा गर्न चाहे ,,,
आजको यस विषम परिस्थिति मा राज्य को आर्थिक खम्बा को रुपमा रहेको सहकारी क्षेत्र प्रत्यक्ष मार मा परेको अवस्था छ,देश भरी रहेका करिब ३० हजार सहकारी संस्थाहरु मा अन्योल को अवस्था छ के गर्ने के नगर्ने ,सदस्य मैत्री कसरी हुने सेवा मुलक कसरी हुने भन्ने बारे अन्योल सिर्जना को अवस्था छ,सहकारीकर्मीले चाहेर मात्र पनि काम गर्न सकिने अवस्था छैन,सामाजिक परिस्थिति ,वातावरणिय प्रतिकुलता तथा प्रशासनिक कडाइले कार्य प्रगती गर्न सकिने अबस्था छैन।
यस्तै अवस्था अरु केही दिन थपिने हो भने जहि त्यही को अबस्थामा पनि धेरै सहकारी संस्था रहन सक्ने अवस्था देखिदैन,केही सहरी क्षेत्र तथा बढी पूजिं भएका संस्थाले मात्र सहकारी मा ईन्टरनेट तथा मोबाइल बैंकिङ भित्र्याउने काम गर्न सफल हुनुहुन्छ उहाँहरु को कार्य अत्यन्तै सार्हानिय छ,तर ग्रामिण भेगका र कम पूजि बोकेर बसेका संस्था तत्काल त्यो गर्न सक्ने अवस्थामा छैन,तर यसो भनेर चुपचाप बस्ने बेला पनि यो होइन ,अब उठ्नुपर्ने बेला भएको छ ,सहकार्य गर्नु को बिकल्प छैन ,सहकारी एकीकरण र आधुनिकीकरण आजको बिशेष आवश्यक्ता हो भन्ने भान भएको छ ,त्यसैले आजै बाट सानो संस्थाको अध्यक्ष हुनु भन्दा ठूलो संस्थाको उपसमिती को सदस्य नै भएर पनि कार्य गर्न सकिन्छ भन्ने सोचाइ हामी सम्पुर्ण सहकारीकर्मिले विकास गर्न जरुरि देखिन्छ। भनिन्छ नि (small is beautiful but large is powerful)  अब हामि beautiful मात्र भएर हुदैन ,
powerful पनि हुन जरुरि छ ,त्यसैले हातेमालो गरौ हाम्रा स- साना पूजिंलाई एकीकृत गरौं ,सानो कुवा लाई गहिरो दहमा परिणत गरौ ,,,,त्यस पछि हरेक सदस्य लाई सचेत गराउँ, शिक्षा दिउ ,इमेल ईन्टरनेट, ऐ.टि.एम  संग जोडौ ताकी यी र यस्ता बिपत्ती को बेलामा श्रोत र सामाग्री नभएकै कारण सदस्य लाई सेवा लिन बाट वञ्चित गर्न नपरोस ।

घरमै बसौं कोरोना बाट बचौं र बचाऔं ।

सबिना बिडारी,अध्यक्ष
परिवर्तन महिला साकोस, हेटौंडा

Share This: