Upalabdhi Saving & Credit Cooperative Ltd.

Address: KamalPokhari , kamalpokharai Kathmandu, Bagmati
Phone: 14435477
Fax: 977-1-4443853
Email: mrbipinsharma@gmail.com
Website:

गृहपृष्ठ

‘उपलब्धि तपाई हाम्रो सहकार्यको’

यहि नारा सहित २०६५ साल असोज देखि कारोवार सुरू गरेको उपलब्धि बचत तथा ऋण सहकारी संस्था लि. मा विभिन्न पेशा र व्यवसायमा संलग्न ब्यक्तिहरू सेयर सदस्यका रुपमा सहभागि छन् । यस संस्थाको मुख्य उद्देश्य सदस्यहरूको सामुहिक हित, स्वावलम्वन, सीप विकास तथा आर्थिक सामाजिक विकास हो ।

संस्थाको उद्देश्य प्राप्तिका लागि सदस्यहरूबाट बचत संकलन गर्ने र सदस्यहरूलाई नै ऋण प्रदान गर्नु संस्थाको प्रमुख कार्य हो । यसका लागि संस्थाले वचत र लगानी दुबैलाई विविधिकरण गेरेको छ । यस संस्थाले बालबालिकाहरूको बचत गर्ने बानिलाई प्रोत्साहित गर्ने उद्देश्यले खुत्रुके र बालबचत योजना अघि सारेको छ । चकलेटका लागि खर्च गर्ने पैसा स्वस्फूर्त रुपमा खुत्रुकेमा आफैं जम्मा गर्ने बानी आफ्ना नानीहरूलाई पर्दै गएको यस योजनामा सहभागी सदस्यहरू बताउँछन् । त्यसैगरी हाम्रो धार्मिक, सांस्कृतिक चलन अनुसार विभिन्न अवसरमा बालबालिकालाई दिइने दक्षिणा तथा नगद उपहार बाल बचत वा खुत्रुके खातामा जम्मा गर्नाले भविश्यमा उनीहरूको शिक्षा र बृत्ति विकासका लागि धेरै मद्दत पुग्ने रहेछ भन्ने कुरा हाम्रा सदस्यहरूले महशुस गरिसकेका छन् । त्यसैले हालसम्म ३०० भन्दा बढि बालबचत र खुत्रुके बचत खाता सञ्चालनमा रहेका छन् । गृहीणीहरूले घर खर्चबाट बचाएको स-सानो रकमले पनि ठूलो अभर टार्न सक्ने भएकाले गृहिणी बचत योजना अगाडि सारेको छ । यस बाहेक निश्चित अवधिसम्म राखेर एकमुष्‍ट भुक्तानी पाईने अवधि वचत, एकमुष्‍ट रकम राखेर निश्चित समय पछि एकमुष्ट झिक्ने वा मासिक, त्रैमासिक ब्याज भुक्तानी पाईने आवधिक वचतका योजना संस्थाले अघि सारेको छ । दैनिक कारोबार गर्ने ब्यक्तिगत वा संस्थागत सदस्यका लागि दैनिक मौज्दातमा इन्क्रिमेन्टल (बचत अनुसार बढ्दै जाने) ब्याज दिने उपलब्धिमूलक बचत योजना लागु गरेको छ ।

 

सदस्यहरूको अभर टार्न, ब्यावसायिक फाईदाका वा शिक्षा, स्वास्थ्य आदीका लागि विभिन्न किसिमका कर्जाहरू दिने गरेको छ । हाल सम्म टेलरिङ, ब्युटीपार्लर, सैलुन, ट्राभल एजेन्सी, पत्रपत्रिका, फलफूल तरकारी, तयारी पोसाक, डेरी, खाद्यान्न लगायतका वस्तु तथा सेवासँग सम्वन्धित विविध क्षेत्रका साना र मध्यम व्यवसाय संचालन गर्नका लागि यस संस्थाले सदस्यहरूलाई कर्जा दिइरहेको छ । ग्रामीण सहकारीहरूका उद्पादनलाई बजारीकरण गर्ने उद्देश्यले ‘सहकारी पसल’ को अवधारणा यस संस्थाले बनाईरहेको छ । जस अनुसार गाउँका उत्पादनहरूको प्रवर्द्धनका लागि विभिन्न सहकारी संघ-संस्था, सरकारी तथा गैह्र सरकारी निकायसँग मिलेर काम गरी सहकारीका उत्पादनहरूको थोक तथा खुद्रा विक्रि कक्ष संचालन गर्ने सोच राखेको छ । त्यसै गरी आगामी दिनमा सहकारी शिक्षा र तालिमका लागि यस संस्थाले लगानी गर्नेछ ।

 

स्पष्ट लक्ष्य लिएर अगाडि बढेको उपलब्धिको विश्‍वास सदस्यहरूको उत्साहजनक सहभागिता नै हो । त्यसैले आह्वान सहित भन्छौं :

 

हामी अवश्य अघि बढ्छौं,

तपाई पनि साथ आउनुस्,

चाँडै अघि बढ्छौं ।

Share This: