काठमाण्डौँ नेशनल कोअपरेटर्स एलाइन्सको प्रथम अधिबेशन सम्पन्न । नयाँ कार्यसमिति चयन

काठमाण्डौँ नेशनल कोअपरेटर्स एलाइन्सको प्रथम अधिबेशन सम्पन्न भएको छ । कान्तिपुरी ए.बि. पार्टि प्यालेस नेपालटारमा सो अधिबेशन सम्पन्न भएको हो । काठमाण्डौँ नेशनल कोअपरेटिभ एलाइन्सको क्षेत्र नं ६ को पहिलो अधिबेशनबाट नँया उमेदवारहरु सर्बसम्मतरुपमा निर्बाचित भएका छन् ।

निर्बाचित नयाँ पदाधिकारीहरुलाई कार्यक्रमका प्रमूख अतिथि काठमाण्डौँ क्षेत्र नं ६ का सघिंय संसद भिमसेनदास प्रधान तथा नेपाल नेशनल को – अपरेटिभ एलाईन्सका अध्यक्ष सुरेन्द्र भण्डारीले माला लगाई प्रमाणपत्र दिएर सम्मान गर्नुुभएको थियो । कार्यक्रमका प्रमूख अतिथि समेत रहनुभएका भिमसेनदास प्रधानले नेपालमा सहकारीको अभियान बि.सं २०४८ सालबाट नेपाली कांग्रेसले शुरु गरेर देशको अर्थतन्त्रमा एक महत्वपूर्ण योगदान पु¥याएको भएतापनि त्यसको श्रेय कम्युनिस्ट सरकारले लिन खोजेको आरोप लगाउनुभयो । सोहि कार्यक्रममा उहाँले नेपाली कांग्रेसलाई बलियो बनाउन अब सहकारी अभियान्ता सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।


त्यस्तै सोहि कार्यक्रममा एनसिए का सह अध्यक्ष सुरेन्द्र भण्डारीले नेपालको सहकारी क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो ।


कार्यक्रमको सभापतित्व ग्रहण गर्ने काठमाण्डौँ कोअपरेटर्स एलाईन्सका बरिष्ठ उपाध्यक्ष मनोज भण्डारीले नयाँ निर्वाचित पदाधिकारीहरुलाई सपथ खुवाउदै शुभकामना दिनुभएको थियो ।


यसैगरि नफ्स्कुनका लेखासमितिका सदस्य सचिब तथा सूचना चौतारी सञ्चार सहकारीका अध्यक्ष विपिन शर्माले काठमाण्डौँ क्षेत्र नं ४ ले पहिलो अधिबेशन गरेर अरुलाई पनि बाटो देखाएको बताउनुभयो । सहकारीमा देखिएको वितिय समस्याहरु समाधान गर्न सरकारले सहकारीहरुलाई सहुलियत व्याजदरमा ऋणको व्यबस्था गर्नुपर्ने बताउनुृभयो ।


कार्यक्रममा उपस्थित एनसिए का बिभिन्न पदाधिकारीहरु लगायतका उपस्थीत अन्य सदस्यहरुले एनसिए क्षेत्र नं ६ का नबनिर्वाचित सदस्यहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।