हाम्रो बारेमा

एक्लै हिँडे के हो, के हो
सँगै हिँडे यात्रा सरल
चुनौति छन् कति-कति
मिलेरै हुन्छन् ती हल ।

‘सहकार्यबाट नै सामाजिक र आर्थिक परिवर्तन सम्भव हुन्छ’ भन्ने मान्यताका साथ स्थापना भएका सहकारी संस्थाहरूको सङ्ख्या बढ्दो क्रममा रहेको छ । खासगरी २०४६ सालको राजनीतिक परिवर्तनपश्चात नेपालमा सहकारी संघसंस्थाको स्थापना तिब्र रूपमा भई सहकार्य र सामूहिक प्रयासको संस्थागत सुरुआत भएको हो । आजसम्म आइपुग्दा नेपालमा झन्डै २८ हजारको संख्यामा सहकारी संस्थाहरू दर्ता भइसकेका छन्  ।

‘राष्ट्रिय अर्थतन्त्रको एउटा प्रमुख खम्बा सहकारी क्षेत्रको सशक्तीकरणका लागि सम्पूर्ण प्रारम्भिक संस्था  एवं  सङ्घ-संस्थाहरू सामुहिक रूपमा सहकारी अभियानमा सहभागी होऔँ’ भन्ने धारणा लिएर सहकारी क्षेत्रको समग्र विकासका लागि सहकारी नेपाल डट कम (www.sahakarinepal.com) को स्थापना भएको हो । राष्ट्रिय सहकारी सङ्घका तत्कालिन अध्यक्ष श्री दीपकप्रकाश बाँस्कोटाले झापाको धुलाबारीमा २०६६ साल माघ २३ गते सम्पन्न राष्ट्रिय सहकारी बैङ्कको साधारणसभामा सहकारी नेपाल डट कमको उद्घाटन गर्नुभएपछि यसको औपचारिक सुरुआत भएको हो ।

नेपालको सहकारी अभियानमा सहकारीको अन्तर्राष्ट्रिय पाँचौँ सिद्दान्तमा उल्लेख भए बमोजिमको शिक्षा, तालिम र सूचनाको माध्यमबाट योगदान पुर्‍याउने उद्देश्यले सूचना चौतारी सञ्चार सहकारी संस्था लिमिलेडको स्थापना भए पश्चात यस सहकारी नेपाल अनलाईनको प्रकाशन यसै संस्थाले गर्न थालेको छ । नेपालको आर्थिक विकासका लागि सहकारी क्षेत्रको संचार माध्यमको रूपमा सूचना चौतारीले यस पोर्टललाई अगाडि सारेको छ । साथै सहकारी संघसंस्था तथा तीनका सदस्यसँग सम्बन्धित सूचना एवम् तथ्याङ्कसमेत व्यवस्थित गरी सहकारीको सूचना केन्द्रका रूपमा यस सहकारी नेपाल अनलाईनलाई अघि बढाउने यस संस्थाको लक्ष्य रहेको छ ।

यस संस्थाले सञ्चारका माध्यमबाट सहकारीकर्मीहरूलाई सुसुचित गर्ने उद्देश्यले सहकारी नेपाल मासिक पत्रिकाको प्रकाशन गर्ने गरेको छ । संस्थाले सहकारीकर्मीका विचार, जिज्ञाषा र सुझावलाई प्रारम्भिक तहबाट उठान गरी सम्बन्धित निकायसम्म पुर्‍याउन ‘सहकारी डबली’ नामक श्रृङ्खलागत अन्तर्क्रिया कार्यक्रम विभिन्न सहकारी संघसंस्थाहरूको आयोजनामा गर्ने गरेको छ । त्यसैगरी सरकारी निकाय, केन्द्रिय संघहरू, विषयगत तथा जिल्लास्तरीय संघहरू र प्रारम्भिक तहका सहकारीकर्मीमाझ विचारको आदानप्रदान गर्ने अवसर सृजना गर्ने उद्देश्यले ‘सहकारी मन्थन’ नामक अन्तर्क्रिया कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

सञ्चार सहकारीको रूपमा स्थापित यस संस्थाले सहकारी क्षेत्रका मात्र नभइ सम्पूर्ण नागरिकलाई सुसूचित गर्ने अभिप्रायले हरेकपल डटकम (www.harekpal.com) अनलाईन पोर्टल सञ्चालन गरिरहेको छ । निकट भविश्यमा यस संस्थाले शिक्षा, स्वास्थ्य, मनोरञ्जन आदि विभिन्न क्षेत्रका छुट्टाछुट्टै अनलाईन पोर्टलहरू सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
संस्थाको संरचना यस प्रकार रहेको छ:

सञ्चालक समिति
विपिन शर्मा     …………………………………….अध्यक्ष
भद्रा पराजुली (भण्डारी) ……………………….उपाध्यक्ष
कमलराज अधिकारी …………………………… सचिव
मनाेज भण्डारी …‍‍‍‍………………………………. कोषाध्यक्ष
राजेन्द्र पाैडेल   ……………………………………सञ्चालक
रविन्द्र श्रेष्ठ   ……………………………………..सञ्चालक
ठाकुरनाथ आचार्य  ……………………………..सञ्चालक

लेखा (सुपरिवेक्षण) समिति
कृष्ण अधिकारी        ………………………….संयोजक
सनोज भट्टराई………………………………………सदस्य
रमिला श्रेष्ठ शाक्य…………………………………सदस्य

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *