रोयलको १९ औं साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश दिने


काठमाडौं । काठमाडौं उपत्यका भित्र धेरैका लागी उदाहरणिय सहकारीकारुपमा परिचित रोयल बहुउद्देश्यीय सहकारी संस्थाको १९ औं साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भानुभक्त ढकालको सभापतित्वमा सम्पन्न साधारणसभामा राष्टिय सहकारी संघका उपाध्यक्ष ओमदेवी मल्ल, सहकारी विकास बोर्डका संचालक दिपक कोइराला, वरिष्ठ पत्रकार एवम् हरेकपल डट कमका प्रधानसम्पादक पुरुषोत्तम दाहाल लगायतका अतिथि हरुको उपस्थित रहेको थियो ।

सभाले अध्यक्ष ढकालले प्रस्तुतत गरेको बार्षिक प्रतिवेदन, लेखा समितिका संयोजक सुरेन्द्र राज खत्रिले प्रस्तुत गरेको लेखा परिक्षण प्रतिवेदन सर्वसम्वतले पारित गरेको छ ।

बसुन्धरा स्थित संस्थाले आर्थिक वर्ष २०७२/०७३को मुनाफाबाट सदस्यलाइ १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिएको छ । २०७० असोज देखि लघुवित्त कार्यक्रम शुरु गरेको यस संस्थाले यस असार मसान्त सम्ममा १४९ केन्द्रहरु मार्फत १९९४ सदस्यलाई सेवा प्रदान गर्दै आएको छ । चालु आवमा ३०० केन्द्र मार्फत ६ हजार सदस्यलाई सेवा विस्तार गर्ने योजना संस्थाले बनाएको अध्यक्ष ढकालले जानकारी दिए । यस सेवा मार्फत संस्थाले वित्तिय सेवा, लघुवित्त, बीमा, वित्तिय साक्षरता, सहकारी तथा लघुवित्त जनचेतना कार्यक्रम र विभिन्न किसिमका सिप मुलक तालिमहरु प्रदान गर्दै आएको उनले बताए । साधारणसभाको अवसरमा १४९ केन्द्रहरु मध्ये उत्कृष्ठ ६ केन्द्रलाई पुरस्कृत गरिएको छ ।

royal2

यस आर्थिक वर्षमा २ करोड २८ लाख ३४ हजार ४ सय चुक्ता पूँजी रहेको यस संस्थाले चालु आर्थिक वर्षमा ४ करोड ५० लाख पुर्याउने लक्ष्य लिएको छ । त्यस्तै २६ करोड ९ लाख ६६ हजार ९ सय ३० निक्षेप संकलन गरेकोमा चालु आर्थिक वर्षमा ३९ करोड २९ लाख संकलन गर्ने लक्ष्य सलिएको छ । यस आर्थिक वर्षमा संस्थाले २२ करोड १५ लाख ८९ हजार कर्जा लगानी गरेको थियो ।

सदस्य सेवा केन्दै विस्तार

बसुन्धरामा केन्द्रीय कार्यालय रहेको यस संस्थाले २०७२ असोज २८ देखि बुढानिलकण्ठमा सेवा केनद्र स्थापना गरि कारोबार गरिरहेको छ । सेवाकेनद्र विस्तारको क्रममा दक्षिणकालीको फरपिड, शंकरापुर नगरपालीका शाँखुबजार, तथा तारकेश्वर नगरपालीका जितपुर फिेदीमा सेवाकेन्द्र स्थापना गरी यही मंसिरदेखि कारोबार संचालन गर्ने संस्थाले जनाएको छ ।

royal4 royal3


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नमुना महिला विकास साकोस एक्सेस् कार्यक्रममा आवद्ध
सामुदायिक साकोसको ११ औं सेवा केन्द्र
सञ्‍चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम
प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित