कास्कूनको १४ औं स्थापना दिवस सम्पन्न, कास्कून सन्देश र वेभसाइटको शुभारम्भ


काठमाडौं, १७ असोज – काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.(कास्कून)को १४ औं स्थापना दिवस सम्पन्न भएको छ । सो अवसरमा प्रमुख अतिथि सहकारी तथा गरिबि निवारण मन्त्री ह्दयराम थानिले कास्कूनको मुखपत्र ‘कास्कून सन्देश’ र वेभसाइट www.kasccun.com को शुभारम्भ गरेका थिए । कार्यक्रममा मन्त्री थानिले सहकारी मैत्री ऐन आउने कुरामा विश्वस्त हुन सहकारीकर्मीहरुलाई आग्रह गरेका थिए । उनले सहकारीको माध्यमबाट नै देशको सर्वाङ्गीण विकास गर्न सकिने बताउँदै त्यसका लागि सम्पूर्ण सहकारीकर्मी विकासको काममा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

img_0160

त्यसैगरि विशेष अतिथि राष्ट्रिय सहकारी संघका अध्यक्ष एवं सांसद् केशव बडालले समाज परिवर्तनको पर्याय नै सहकारी भएको बताए । त्यसैगरि राष्ट्रिय सहकारी बैंकका प्रवन्ध सञ्चालक केबि उप्रेतीले स–साना पुँजीलाई जम्मा गरेर ठूला ठूला विकासका परियोजनाहरुमा लगानी गर्न सकिने एक मात्र माध्यम सहकारी भएको बताए । यस्तै कार्यक्रममा कास्कूनका अध्यक्ष केशव दंगालले काठमाडौंमा रहेका सबै बचत तथा ऋण सहकारीहरुको छाता संगठन कास्कूनले समग्र सहकारी क्षेत्रको हितमा काम गर्ने बताए । कास्कूनको प्रकाशन तथा प्रचार–प्रसार उपसमितिको संयोजन तथा सञ्चालक निरञ्जन सेढाईंको संयोजकत्वमा प्रकाशित कास्कून सन्देशमा सदस्यहरुलाई उपयोगी सामाग्रीहरु समावेश गरिएको छ ।  त्यसैगरि कास्कूनको वेभसाइट निर्माणको प्राविधिक जिम्मेबारी लिएको सूचना चौतारी सञ्चार सहकारी संस्था लि.का कार्यकारी प्रमुख प्रकाश थापाले वेभसाइटबारेमा सदस्यहरुलाई जानकारी दिदै सूचना चौतारी सञ्चार सहकारी संस्थाले देशभरका सहकारीहरुसंग मिडिया हबकोरुपमा काम गरिरहेको बताएका थिए ।

img_0173
हाल काठमाडौंमा स्थापित बचत तथा ऋण सहकारी संस्थाहरु मध्ये ५१२ वटा प्रारम्भिक संस्थाहरु आवद्ध भई सञ्चालनमा रहेको यस संघले आफ्ना सदस्य संस्थाहरुलाई लगानीको अवसर लगायत लगानी गर्ने वातावरणको व्यवस्थापन तथा व्यवस्थापकीय शैलीमा अरु सुधार गरी कार्य कुशलता अभिवृद्धि गर्न, बचत तथा ऋण सहकारी संस्थाहरुमा विद्यमान तरलताको स्थितिलाई उपयुक्त लगानी नीति मार्फत समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्थाहरुको सबल संघको रुपमा अगाडि बढाउन सदस्य संख्यामा बृद्धि लगायत आफ्ना सदस्य संस्थाहरुको विकासका लागि मूल्यमा आधारित प्राविधिक तथा प्रतिस्पर्धात्मक वित्तीय सेवाहरु प्रदान गर्न सहकारीका अन्तर्राष्ट्रिय मूल्यमान्यता र सिद्धान्तहरु यस संघ संचालनका मूलभूत तत्वहरु हुन् ।

img_0150
त्यसैगरि सहकारी विभागको नीति, नियम, मापदण्ड तथा निर्देशन र परिपत्रहरु संघ संचालनका विधि हुन् । निकट भविष्यमा काठमाडौ जिल्ला भरि स्थापित र संचालित ३००० भन्दा बढीको संख्यामा रहेका प्रारम्भिक बचत तथा ऋण सहकारी संस्थाहरुलाई यस छाता संगठनको पहुँच सम्म ल्याउने र बढी भन्दा बढी सदस्यता वितरण गर्ने योजना रहेको छ । सदस्य संस्थाहरुलाई सर्वसुलभ र सहज सेवा पुर्याउने नीति अनुरुप काठमाडौं कलंकीमा एक सदस्य सेवा केन्द्र र चावहिल–७, काठमाडौंमा रहेको संघको केन्द्रिय कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ । निकट भविष्यमा क्षेत्रीय सदस्य सेवा केन्द्रहरु क्रमशः स्थापना र संचालन गर्ने नीति तथा योजना रहेको छ । हाल यस संघमा कुल ११ जना कर्मचारी कार्र्यरत रहेका छन् र कुल सम्पति लगभग २७ करोड रहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नमुना महिला विकास साकोस एक्सेस् कार्यक्रममा आवद्ध
सामुदायिक साकोसको ११ औं सेवा केन्द्र
सञ्‍चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम
प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित