रिलायबल साकोसले गर्यो बधाई तथा स्वागत कार्यक्रम


काठमाडौं, ७ पुस । रिलायबल बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो १८ औं साधारण सभाबाट निर्वाचित सञ्चालकहरुलाई कार्यालयमा स्वागत तथा बधाई कार्यक्रमको आयोजना गर्यो । त्यसैक्रममा नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन)मा नवनिर्वाचित महासचिव चन्द्र ढकाल र लेखासमिति सदस्य रिलायबलकै प्रतिनिधि विपिन शर्मालाई पनि बधाई तथा स्वागत गरेको थियो ।
सो अवसरमा संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी संघका उपाध्यक्ष एवम् सांसद ओमदेवी मल्लले रिलायबलका सञ्चालक, नेफ्स्कुनका महासचिव र लेखा सदस्यलाई हार्दिक बधाई दिदै सहकारी अभियानले खोजेका व्यक्तीहरु अहिले सम्बन्धित नेतृत्वमा पुगेकोमा खुशी व्यक्त गरेकी थिइन् । त्यसैगरी नेशनल को–अपरेटर्स एलाइन्सका सल्लाहकार भानुभक्त ढकालले सहकारीबाटै देशको सम्मुन्नत विकास सम्भव रहेको बताउदै यो अभियानलाई हाँक्न समयसापेक्ष क्षमतावान नेतृत्व आउनुपर्ने बताए । त्यसैगरी नेफ्स्कुनका नवनिर्वाचित महासचिव चन्द्र ढकालले समग्र सहकारीकर्मी र मुलुकले चाहे जसरी सहकारी अभियानलाई अघि बढाउन आफु प्रतिबद्ध रहेको बताए । कार्यक्रममा काठमाडौं बचत तथा ऋण सहकारी संघका सञ्चालक निरञ्जन सेढाई लगायतको उपस्थिती रहेको थियो ।

r1


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नमुना महिला विकास साकोस एक्सेस् कार्यक्रममा आवद्ध
सामुदायिक साकोसको ११ औं सेवा केन्द्र
सञ्‍चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम
प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित