कान्तिपुर सहकारीको नाफा १३ लाख बढी


पर्सा, मंसिर ७ । कान्तिपुर बचत तथा ऋण सहकारी सस्था लिमिटेड विरगंजले आब २०७०/०७१ मा १३ लाख ५७ हजार खुद नाफा गरेको छ ।
संस्थाले ३ करोड ५० लाखको कारोबार गरी उक्त मात्रामा नाफा गरेको हो । संस्थाको कुल शेयर सदस्य ३ हजार रहेका छन् । ५ औं साधारणसभाका अवसरमा सो कुरा बताइएको हो ।
संस्थाका अध्यक्ष सत्यराम शर्मा काफूलेको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि डिभिजन सहकारी कार्यालय पर्साका प्रमुख अरुण कुमार बस्नेत रहेका थिए ।
सभामा आव २०७०/०७१ को लेखा प्रतिवेदन लेखा समितीका संयोजक अमित कुमार गुप्ताले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा गरिब बिद्यार्थीलाई किताब कपी कलम झोला बितरण गरेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन
सहकारी अनुगमन प्रभावकारी बनाउन समितिद्वारा कर्मचारीहरुलाई तालिम
अमर साकोसका कर्मचारीहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न