पर्सा, मंसिर ७। विरगंज इन्भेष्टमेन्ट एण्ड सेभिङ को–अपरेटिभ सोसाइटीले आफ्नो कारोबार बढाउँदै लगेको छ । संस्थाले १६ औं साधारण सभा सम्पन्न गरी वाािर्षक १० करोडको कारोबार गर्ने गरेको हो ।
संस्थाले आब २०७०।०७१ मा १० करोड ५१ लाख ७२ हजार को कारोवार गरी २६ लाख ६१ हजार ८ सय ६६ रुपैया संचालन मुनाफा गरेको छ साधारणसभामा जानकारी गराइएको थियो । संस्थाका सदस्य ३ हजार ४ सय ९८ जना रहेका छन् ।
सस्थाका अध्यक्ष प्रमेश प्रशादले सहकारीले उत्पादनशील क्षेत्रमा लगानी बढाउँदै गएको बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै डिभिजन सहकारी कार्यालय पर्साका प्रमुख अरुण कुमार बस्नेतले सहकारीले आफ्नो लगानीको दायरा बढाउनुपर्ने बताउनुभयो ।
साधारणसभाले दिल्ली बिक्रम कार्कीको अध्यक्षतामा नयाँ कार्य समिति समेत चयन गरेको छ । नव निर्वाचित कार्यसमितिमको उपाध्यक्ष नागमणि उपाध्याय नितुज्य झा, सचिवमा गोविन्द प्रसाद श्रेष्ठ, कोषाध्यक्षमा चन्द्रमान क्षेत्री र सदस्यहरुमा शंकर बहादुर श्रेष्ठ, पृथ्बी प्रसाद झा, प्रभु प्रसाद यादब, हिरालाल गिरी, ललिता श्रेष्ठ रहेका छन् ।

वीरगञ्ज इन्भेष्टमेन्ट सहकारीको कारोबार १० करोड
by
Tags:
Leave a Reply