आकुका प्रमुख कार्यकारी अधिकृत नेपालमा


काठमाडौं । एशियाली ऋण महासंघ(आकु) का प्रमुख कार्यकारी अधिकृत एलिनिता भी स्यान रोक्यू (लेनी)र म्यानमार परियोजना प्रमुख रञ्जित हिताराची नेपाल आएका छन् ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कुन)को आमन्त्रणमा उनीहरु नेपाल आइपुगेका हुन् । नेफ्स्कुनले आयोजना गर्न लागेको तीन बर्षे रणनीतिक योजना निर्माणमा उनीहरु सहजीकरण गर्ने छन् ।
आइतबार सो टोलीलाई  नेफ्स्कूनका लेखा सुपरिवेक्षण समिति संयोजक दामोदर अधिकारीले नेफ्स्कूनमा स्वागत गरेका थिए । नेफ्स्कूनले गत केही दिनयता तीन बर्षे रणनीतिक योजना निर्माणका क्रममा छलफल र अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिएको छ ।
नेफ्स्कुनले नागढुंगामा आउँदो पाँच गतेसम्म तीन वर्षे रणनीति निर्माणका लागि प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । कार्यक्रममा  नवनिर्वाचित सञ्चालक, लेखा समिति, कर्मचारी, सल्लाहकारलगायत उपस्थित हुने छन् ।

प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रोबेसन कार्यक्रम अन्तर्गत गौरीशंकर क्लष्टरमा आबद्ध साकोसहरुबीच असल सिकाई आदान प्रदान
कैलालीको बर्दगोरियामा सहकारी व्यवस्थापन तालिम सञ्चालन
नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान