नेफ्स्कूनको तीन वर्षे रणनीतिक योजना निर्माण सुरु


काटमाडौं ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि  (नेफ्स्कून)ले आफ्नो त्रीवर्षीय रणनीतिक योजना निर्माणमा जुटेको छ । योजना निर्माण सँगै नवनिर्वाचित सञ्चालक र लेखा तथा सुपरिवेक्षण समितिको अभिमुखीकरण समेत गरिने बताइएको छ ।
आज काठमाण्डौको बाणभञ्ज्याङ्ग स्थित पातालेबन रिसोर्टसमा संघका पूर्व अध्यक्ष एवं सल्लाहकारद्वय ऋषिराज घिमिरे र मिनराज कँडेलले संयुक्त रुपमा पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो । कार्यक्रममा सम्बोधन गर्दै संघका निवर्तमान अध्यक्ष घिमिरेले साकोस अभियानमा संघले निरन्तर नयाँ आयाम स्थापित गर्दै गएको र नयाँ बन्ने रणनीतिक योजना साकोसको गुणस्तरीयताका साथै स्थीरिकरण कोषमा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो । स्थीरिकरण कोष स्थापित नभई साकोको वित्तीय जोखिमलाई पूर्णरुपले व्यवस्थापन गर्न कठिन छ भन्दै यस तर्फ नवनिर्वाचित टीमको ध्यान केन्द्रीत गर्नुपर्ने जसका लागि नयाँ र पुराना अनुभव लिएकाहरु बराबर संख्यामा भएकोले उर्जापूर्ण हुने विस्वास व्यक्त गर्नुभयो ।

nefscun-akku-2
कार्यक्रमका अर्का अतिथि मिनराज कँडेलले आफू सहकारी अभियानमा दुई दशक अगाडी देखि लागेको तर नेफ्स्कूनको जस्तो व्यावसायिक स्कूलिङ्ग ९विचार०, कार्यशैली र सिर्जनशिलता अन्यत्र नदेखेको भन्दै थप सशक्त र व्यावसायिक बनाउन अब बन्ने रणनीतिक योजना सफलहुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै एशियाली ऋण महासंघ ९आकु०का प्रमुख कार्यकारी अधिकृत एलिनिटा भी। सानरोके ९लेनी०ले आफू विगत दुईदशक देखि नेपालको साकोस अभियान सँगै रहेको भन्दै संघले छोटो अवधिमा उच्च सफलता प्राप्त गरेकोमा खुशी व्यक्त गर्नुभयो । नेफ्स्कून बृद्धि, विकास र नवप्रवर्तनका हिसाबले आकुको सफल सदस्य रहेको जनाउनुभयो । नेफ्स्कूनसँग काम गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको भन्दै एक्सेस र प्रोबेशनको सफलता जस्तै थुप्रै क्षेत्रमा सफलता प्राप्त गर्न बाँकी रहेकोले आगामी रणनीतिक योजनाले त्यसको मार्ग प्रष्ट गर्नेमा जोड दिनुभयो ।
५ दिनसम्म सञ्चालनहुने यस कार्यक्रममा सहजिकरणको लागि आउनुभएका आकुका प्रमुख कार्यकारी अधिकृत लेनी र प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराची लगायत अतिथि एवं सञ्चालक र लेखा समितिका पदाधिकारीहरुलाई स्वागत गर्दै संघका वरिष्ठ उपाध्यक्ष परितोष पौड्यालले रणनीतिक योजनाले संघको समृद्धिको गोरेटो पहिल्याउने र अभिमुखीकरणले निर्वाचित पदाधिकारीहरुलाई जिम्मेवारी निर्वाहका लागि उत्प्रेरणा प्रदान गर्ने बताउनुभयो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै संघका अध्यक्ष डीबीबस्नेतले समग्र टीमको बुझाईमा एकरुपता नभएसम्म कार्यक्रम कार्यान्वयनमा सफलता प्राप्त हुन नसक्ने र योजनामा समेत अपनत्व नहुने भएकोले यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । प्रशिक्षक र प्रशिक्षार्थीहरुबिच भाषिक अन्तर रहेतापनि एउटै अभियानमा भएकोले सहजतापूर्वक कार्यक्रम सम्पन्न हुनेमा जोड दिनुभयो । संघका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले सञ्चालन गर्नुभएको उद्घाटन कार्यक्रम पश्चात संघका पाँचवटै विभागको अवस्थाको बारेमा प्रस्तुतिकरण गरिएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक