लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी सुरु


काठमाडौं, २१ चैत्र । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कुन)को आयोजनामा लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी आजबाट सुरु भएको छ ।
६० औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर नेफ्स्कूनको आयोजना एवं सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहआयोजनामा भएको गोष्ठीमा ४ सय ५० जना भन्दा बढी सहकारीकर्मीको उपस्थिती रहेको छ ।

सहकारी संघ संस्थाको सुशासन प्रवद्र्धनमा सन्तुलनकारी भूमिका निर्वाह गर्ने लेखा तथा सुपरिवेक्षण समितिको प्रभावकारिताका राष्ट्रिय कार्यशाला गोष्ठी गर्न लागिएको नेफ्स्कुनले जनाएको छ । नेपालमा पहिलो पटक आयोजना भएको गोष्ठी भोलि घोषणापत्र जारी गर्दै सकिने छ ।

उक्त गोष्ठीमा बचत तथा ऋण सहकारीको विश्वस्तरीय संघ विश्व ऋण परिषद् (WOCCU), एशियाली ऋण महासंघ(ACCU) लगायत राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरोकारवाला निकायहरुबाट विभिन्न ६ वटा विषयबस्तुमा कार्यपत्र प्रस्तुत हुनेछ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नमुना महिला विकास साकोस एक्सेस् कार्यक्रममा आवद्ध
सामुदायिक साकोसको ११ औं सेवा केन्द्र
सञ्‍चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम
प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित