सहकारीले सञ्चारको विकास गर्छ


सहकारी क्षेत्रको सरोकारवाला निकायमा नेतृत्व गरिरहेका व्यक्तिहरुस“ग प्रत्यक्ष साक्षात्कार गर्ने मञ्च सहकारी नेपालको सहकारी मेचमा यो अंकमा नेपाल सञ्चार सहकारी केन्द्रिय संघका अध्यक्ष विष्णुहरि ढकाल हुनुहुन्छ । सञ्चार सहकारीको अहिलेको अवस्था कस्तो छ ? कसरी अघि बढ्नुपर्छ ? यस्तै विविध जिज्ञासाहरु सहकारी मेचमा । प्रस्तुत छ उहासगको साक्षात्कार

विष्णुहरि ढकाल

अध्यक्ष -नेपाल सञ्चार सहकारी केन्द्रिय संघ


सहकारीमा सञ्चारको भुमिका कस्तो रहेको छ नेपालमा ?

सहकारी र सञ्चारमाध्यमको कुरा गर्दा त्यति प्रष्ट रुपमा सञ्चार सहकारी आइसकेको अवस्था छैन । तीन खम्बे अर्थनिती संविधानमा घोषणा गरिसकेको छ । अर्कोतिर बैंकिङ क्षेत्रले १७ प्रतिशत मात्र तल्लो तहका मान्छेहरुलाई सेवा दिएको अवस्था छ । सहकारीमा अहिले ४० लाखभन्दा बढि नागरिक सहकारीका सदस्य छन् । त्यस्तै ३० हजार भन्दा बढि संस्था दर्ता भइसकेका छन् । सञ्चारमाध्यममा जुन ढंगले स्थान पाउनुपथ्र्यो, सहकारीले त्यस्तो पाउन सकेको छैन् । सहकारीले गरेका असल र राम्रा कामहरु सञ्चारमाध्यममा आउन सकेका छैनन् । सहकारी कानुनहरुलाई बेवास्ता गर्दै, सहकारी सिद्धान्तलाई बेवास्ता गर्दै,अन्य प्रचलित कानुनमा आधारित अन्य संस्थाहरुलाई सरल व्यवहार गरिहेका छन् । यो समस्यालाई चिर्ने काम संचारबाट गरिनु आवश्यक छ र सहकारीको पाँचौ सिद्धान्तले त्यसलाई व्याख्या गर्दछ । सहकारीको पाँचौ सिद्धान्त भनेको सुचना शिक्षा र तालिम हो । तर अधिकांश सहकारीमा त्यसको सही सदुपयोग भएको देखिएन । जिल्ला संघ, केन्द्रिय संघ र राष्ट्रिय संघ कसैले पनि सहकारीको पाँचौ सिद्घान्तलाई पालना गरेको पाइएन ।

सहकारीको विकासका लागि सञ्चारको भूमिका कस्तो रहन सक्छ त ?

राम्रो नाफा कमाएका भनिएका ठुला संस्थाहरुले सुचना शिक्षाका नाममा बजेटिङ गर्ने, मिडियाका नाममा खर्च देखाउने तर घुमाउरो पाराले आफुहरुमा बोनस बाड्ने विकृती पाँचौ सिद्घान्तविपरित छ । त्यसैले खासगरी सहकारीद्घारा सञ्चालित सञ्चारमाध्यमले सहकारीको विकासमा ध्यान दिन जरुरी छ । पाँचौ सिद्धान्त कार्यान्वयन गर्नका लागि व्यवसायीक काम सञ्चार सहकारीले पाउनुपर्ने हो । किनभने त्यो काम सहकारीले मात्रै गर्न सक्छ । अन्य सहकारीले व्यवसायिक कामका लागि सञ्चार सहकारीसंग बार्षिक सम्झौता गर्नुपर्छ । अहिले मुलुकभर १ सयवटा भन्दा धेरै सञ्चार सहकारीहरु छन् । त्यसमा पनि काठमाडौ जहाँ धेरै सहकारी छन् । काठमाडौंमा ४ हजारभन्दा बढि सहकारी छन् । तर सञ्चार सहकारी धेरै कम छन् । मुलुकको कारोबारको हिसाबले कुल कारोबारको आधाभन्दा बढी काठमाडौमा कारोबार हुन्छ । त्यो हिसाबले काठमाडौमा रहेका यी सक्षम संस्थाहरुले आफ्नो केहि रकम मात्रै सञ्चार सहकारी मार्फत प्रयोग गर्ने हो भने सुचना, शिक्षा र तालिम पुरा
हुन्छ । यसबाट सहकारीको विकास हुन सक्छ । तर अहिले त्यस्तो छैन ।

अहिले यो सञ्चार केन्द्रिय संघमा सदस्यताको अवस्था कस्तो छ ?

केन्द्रिय संघमा आवद्ध ४५ वटा सञ्चार सहकारी छन् । हामी छिट्टै अरु थप सञ्चार सहकारीलाई सदस्य बनाउँदैछौं । पहिला आफू बलियो भएर मात्र सहकारीको विकासका लागि अगुवाई गर्न सकिन्छ । त्यसैले हामी सुरुमै सदस्यता विस्तारमा लागेनौं, अब लाग्छौं ।

सञ्चार सहकारीको अवस्था कस्तो छ ?

अहिले निजी रेडियो र सामुदायिक रेडियो गरी नेपालमा २ प्रकारका रेडियो सञ्चालनमा छन् । एकल व्यक्ति भन्दा धेरै व्यक्तिहरु मिलेर काम गर्दा सजिलो हुने, निर्णय गर्न पनि सजिलो हुने भएकाले त्यस्ता रेडियो प्रभावकारी छन् । त्यस्तै लगानीको कमी नहुनु, मार्केटिङमा बढि ध्यान दिनु जस्ता विभिन्न कारणहरुले गर्दा त्यस्ता रेडियो अगाडि देखिएका छन् । अहिले हामीले गरेको सर्वेक्षणमा पनि एफ.एम रेडियो, केवल टिभी चलाउने सञ्चार सहकारी बढेका छन् । जुन सफल पनि भएका छन् । अर्को विशुद्ध सञ्चारमा काम गरेर सहकारीको पाँचौं सिद्धान्तलाई कार्यान्वयन गराउने सहकारी धेरै कम छन् । Ê

सञ्चारसंगै अन्य सम्बन्धित कुराहरुलाई आफै गर्ने भन्ने जुन ट्रेन छ त्यसलाई छोड्न नसक्नु र आफै गर्दाखेरी त्यहा क्वालिटीको लागि भन्दा पनि गर्ने कुरालाई निरन्तरता दिने एउटा कर्मकान्डी शैली छ, त्यहाँ जति लागत लाग्छ त्यसको सदुपयोग भैराखेको छैन, अब यसलाई सञ्चार सहकारीले कसरी समाधान गर्न सक्छौ होला ?

अहिले काठमाडांमा कतिवटा सञ्चार सहकारी दर्ता भएका छन्, जति सक्रिय छन्, दर्ता भएका देशभित्रका सबै सक्रिय काम गरेका संस्थाहरु एकै ठाउँमा बसौ । छलफल गरौं । बरु म केन्दि«य संघबाट संयोजन गर्छु । सहकारी क्षेत्रबाट एउटा अन्तर सहकारी सम्बन्धको सिद्धान्त,  सुचना, शिक्षा र तालिम पाँचौ सिद्धान्त, पाँचौ र छैठौ सिद्धान्तलाई सदुपयोग गर्न सके छोटो समयमा सहकारीले राम्रो फड्को मार्न सक्छ ।

सञ्चार सहकारीले के गर्दैछ र यो के हुदैछ भन्ने काम नहेरिएको अवस्था छ अहिले ,कुनै पनि केन्द्रिय संघ, जिल्ला संघहरुको चासोको विषय यो बन्न नसकेको हो कि ? प्राविधिक रुपमा काम गर्ने, सहकारीकै लागि काम गर्ने संस्थाहरु छन् त्यहानिर सहकारी संस्थाले पनि संस्थागत रुपमा आफ्नो स्वामित्व स्थापित गर्न सक्ने अवस्था अहिले गरिराखिएको छ । यो गर्न हुने हो या नहुने हो तपाईंको बिचारमा के लाग्छ ?

एकदमै, यसमा यो गर्नैपर्छ । यसलाई नहुने भन्ने त सवाल नै भएन । यसमा अझ स्थानीय निकायले समेत खरिद गर्न सक्नु हाम्रो ऐनमा व्यवस्था छ । सहकारीमा सहकारी संस्था, व्यक्ति, स्थानिय निकायले, संघहरुले र अन्तर्राष्ट्रिय सहकारी संस्थाले समेत हातेमालो गर्न पाउने व्यवस्था छ । त्यो अन्तर्राष्ट्रिय प्रचलनकै आधारमा आएको हो । पैसाको कारोबारमा जोडिएर गर्दाखेरी पनि अन्तरसहकारी सम्बन्धको हिसाब किताबले त्यो अरु सम्पुर्ण कुरा ठिक भएमा नियमक निकायले संस्थालाई राम्रोसंग नियमन गरेर जानुपर्दछ । हाम्रो सञ्चारमा त एक्लै हिडेर चल्दै चल्दैन । सहकारीबीच सम्बन्धको कुरा आउछ,  फेरी पुर्वाधारको कुरा आउछ , कसले लगानी गर्छ । कति मान्छे चाहि सञ्चार उद्यममा अत्यन्तै जानकार छन् । जानकार हुनुका साथसाथै पुँजी पनि छ भन्ने सर्तमा मात्रै हाम्रो संस्था चल्ने हो । लगानी पनि चाहिन्छ । भौतिक संरचना र इन्भेष्टमेन्ट भइसकेपछि अरु कुरा जुटाउन सकिन्छ । लगानी कँहाबाट आउछ त ? २ वटा आधारमा मात्रै त्यो लगानी आउन
सक्छ । एउटा चाहि सञ्चार बुझेका सञ्चार उद्यमीलेनै सहकारी चलाउनुपर्यो । उनिहरु आफ्नै व्यवसाय बृद्धि गर्दछन् । अब यसमा लाग्नेहरु भनेको सहकारीलाई माया गर्नेहरु हुन् । उनीहरु पैसाको हिसाबले पनि त्यत्तिकै सक्षम छन् भनेर त मान्न सकिदैन नी । हो, त्यो आधारमा संस्थाहरुले यसलाई लगानीको माध्यम बनाउछन् ।

नेपालका सहकारी संघहरु जिल्लादेखि लिएर केन्द्रिय स्तरका राष्ट्रिय सहकारी संघ सम्मका कत्तिको पारदर्शी छन्, के लाग्छ यहाँलाई ?

जति बाहिरबाट देखियो त्यो हिसाबले केन्द्रिय निकायहरु पारदर्शी छन् जस्तो लाग्छ  । त्यती ठुलो अपारदर्शीदता छ जस्तो लाग्दैन मलाई । अहिले केन्दि«य तहबाट चलिरहेको सबैभन्दा ठुलो बैंक, साझा प्रकाशन, साझा बस, राष्ट्रिय संघ लगायत विभिन्न केन्द्रिय संघहरु पारदर्शी छन् । अर्कोतिर नेफ्स्कुन, कृषि संघ, बहुउद्देश्यीय अहिले अलि ठूलो संरचनाका लगानीका संस्थाहरु भनेर आएका छन् । तिनीहरुको जुन ढंगको तरिका छ त्यसमा पारदर्शिता छ र तिनीहरु व्यवस्थीत ढंगले चलेका छन् भन्न मिल्ने आधार छ ।

सहकारीमा राजनिती हावी भयो भन्ने खालका कुराहरु अहिले हामीले सहकारीका चुनावहरुमा पनि देख्यौ प्रष्ट रुपमा , २ वटा राजनीतीक बिचारका प्यानलहरु खडा भएर चुनाव लडेको पनि देखियो, यो प्राक्टिक्सलाई कसरी हेर्ने ?

मानिसहरु कुनै न कुनै हिसाबले संगठन गर्ने आधार खोज्छन् । यसलाई सैद्घान्तिक आँखाबाट हेर्दा त्यो जाहेज होइन भन्न सकिदैन । त्यसरी सहकारीबाट आफ्नो संस्थालाई कसरी अगाडि लैजान सकिन्छ भन्ने भिजनको आधारमा नेतृत्व आउनुपर्ने हो । तर पनि यो जे भाको छ नेतृत्व लोकतान्त्रिक बिधिबाट चयन हुदाखेरी कोहि आउने , कोहि पराजित हुने कुराहरु हुन्छन् । यो प्रक्रिया अन्तर्राष्ट्रिय रुपमा पनि छ र हामीमा पनि छ । हामीले सोचेजस्तो आदर्शता आउन समय लाग्ला । किनभने त्यो हामीले सोचेको सही हो । तर त्यो बेला सायद भएको छैन । अहिले म चाहि के भन्छु भने यो सहकारीको राजनितीकरण कि राजनितीको सहकारीकरण भन्ने विषयमा अहिले मैले देखेको राजनितीको सहकारीकरण अहिले बढि देखिन्छ । हामी व्यवहारमा साह संकिर्ण छौ । मै भए मात्रै हुन्छ भन्ने मबादबाट अगाडि आएको हो यो । त्यसले गर्दा आज सहकारीमा राजनिती घुसेको पाइन्छ । यो हामीमा देखिएको मबादलाई नचिरीकन बास्तवमा सत्य कुरा आउदैन । को चाहि मबादी छ भनेर
छुट्याउनुपर्छ । अनि त्यसलाई पनि चिरेर खोलेर त्यहाभित्र पनि यो यो भनेर खोतल्न सक्यौ भने मात्र समाधान हुन्छ  । अहिले राजनितीको आडमा आएर आफ्ना इन्ट्रेस्टहरु पुरा गर्ने वा गर्ने प्रयत्न गर्ने गरेको पाइन्छ । एउटा कुरा के बुझ्नु पर्छ भने हामीले सत्यको उजागर गर्न नसक्दासम्म असत्यको जित जहिलेपनि भइरहन्छ ।

प्रस्तुती पूजा सुवेदी  (सहकारी नेपाल म्यागेजिनबाट)


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी बैंकको अध्यक्ष बन्ने सम्भावना बलियो छ
सहकारीको नियामक क्षमता बढाउनुपर्छ
नेपालको सहकारी बैंक विश्वमै मौलिक छ
सहकारीको परिकल्पना कांग्रेसको हो, कम्युनिष्टको होइन