माघ २२ र २३ गते साकोस समिट हुने


काठमाडौं, मंसिर ८ । नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय संघ(नेफ्स्कुन)को आयोजनामा आउँदो माघ २२ र २३ गते साकोस समिट हुने भएको छ । साकोस समिटका लागि नेफ्स्कुनले गृहकार्य तीर्व बनाएको जनाएको छ ।
नेफ्स्कुनका महासचिव परितोष पौड्यालका अनुसार समिटमा ४ सय ५० देखि ५सय जना सहकारीकर्मी सहभागी हुन पाउने छन् । त्यसमध्ये ५० जना विदेशी सहकारीकर्मी आउने भएका छन् । नेफ्स्कुनका अनुसार अष्टे«ेलिया, थाइल्याण्ड, भारतलगायतका सहकारीकर्मी सहभागी हुने निश्चित भइसकेको र अन्य देशको पनि छिट्टै निश्चित हुने छ ।
समिटमा नेपाल सरकारका सम्बद्व व्यक्तिको पनि उपस्थिति हुने छ । २ दिनका अवधिमा १२ वटा कार्यपत्र प्रस्ततु हुने छन् । समिटमा सहभागी हुनका लागि नेफ्स्कुनले निश्चित मापदण्ड बनाएको छ । मापदण्ड पूरा गर्ने प्रतिनिधिमूलक सहकारीकर्मी पहिला आउनेले मात्र कार्यक्रममा सहभागी हुन पाउने छ ।
समिटले सहकारी क्षेत्रलाई डिजिटल फाइनान्सिङमय बनाउने तयारी गर्ने छ । त्यस्तै अब नेपालका सहकारी एकीकृत साकोस प्रणाली अंगिकार गर्नेछन् ।
नेफ्स्कुनले साकोस समिटका लागि पाँच विकास क्षेत्रमा भेला गर्ने भएको छ । मंसिर १३ देखि १८ सम्म क्षेत्रीय भेला र मंसिर १८ गते केन्द्रिय भेला हुने भएको छ । त्यस्तै पुस ४ गते साधारणसभाको मिति तय भएको छ ।
साकोसले बचत तथा ऋण सहकारीलाई नयांढंगबाट सञ्चालन हुने, सहकारीका सिद्वान्त अनुसरण गर्न नयाँ उर्जा दिने महासचिव पौडेलले विश्वास व्यक्त गर्नुभयो ।
समिटपश्चात नेफ्स्कुनले सुपरिक्षण, कोष स्थारीकरण अनुगमन, स्वनियमनमा विशेष ध्यान दिने जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन
सहकारी अनुगमन प्रभावकारी बनाउन समितिद्वारा कर्मचारीहरुलाई तालिम
अमर साकोसका कर्मचारीहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न