सहकारीमा लागेपछि फेरियो जीवन


महोतरी मंसिर ८ । यहाँका महिलाहरु सहकारीमा अवद्ध भएपछि उनीहरुको जीवन फेरिएको छ । सहकारीबाट सहुलियतमा ऋण लिएर आफ्नै करेसाबारीमा तरकारी फलाउन थालेका छन् ।
सयौं महिलाहरु सहकारीबाट ऋण लिएर करेसावारी, पशुपालन जस्ता आयआर्जनका कार्य गरेर आम्दानीको रुपियाँ जम्मा गर्न सफल भएका हुन् । दाउरा र रक्सी बेचेर गुजारा चलाउने महिला अहिले आफ्नै करेसाबारीमा विभिन्न जातका तरकारी पलाएर राम्रो आम्दानी गर्न सफल भएका छन् ।  ग्रामीण क्षेत्रमा मगर, तामाङ, नेवारलगायतका समुदायका महिला सहकारीबाट सहुलियत दरमा ऋण लिई व्यवसायीक तरकारी तथा पशुपालनमा लागेका छन् ।
बर्दिबास, गौशाला र खयरमारामा सहकारी संस्थाको स्थापना गरेपछि सहुलीयत दरमा ऋण लिई आम्दानी बढाउन सफल भएका हुन् । २०६१ सालमा स्थापना भएको महिला केन्द्र बहुउद्देश्य सहकारी संस्था बर्दिबास, २०६८ सालमा स्थापना भएको ज्योति सामाजिक उद्यमी महिला सहकारी संस्था खयरमारा तथा २०६८ सालमा स्थापना भएको सेवा सामाजिक उद्यमी महिला सहकारी संस्था वेलगाछीमा उनीहरू आवद्ध भएका छन् ।
सहकारी संस्थामा अहिले उनीहरूले ३ करोड १९ लाख ४५ हजार ७ सय ४५ रुपियाँ बचत गर्न सफल भएको जनाएका छन् । स्थापना भएको एक दशकमा सहकारीले ५ करोड ४१ लाख ३८ हजार ७ सय ९० रुपियाँ बराबरको कारोवार गर्न सफल भएको छ । सबै सहकारीहरूमा ३ हजार २ सय ९३ जना शेयर सदस्य छन् । महिला केन्द्र बहुउद्देश्य सहकारी संस्था स्थापना भएको ११ वर्षको अवधिमा २ करोड ६५ लाख ३ सय ३ रुपियाँ बराबरको बचत भएको केन्द्रकी अध्यक्ष सारदा दहालले बताउनुभयो । ४ करोड ५२ लाख ४ हजार ८ सय ५७ रुपियाँ कारोवार गरेको सहकारीमा २ हजार २ सय ३० जना सदस्य छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने