कोेटदेवी सहकारीको खुद नाफा पाँच लाख


काठमाडौं । कोटदेवी बचत तथा ऋण सहकारी संस्थाको आर्थिक वर्ष २०७३÷७४ मा ५ लाख ४१ हजार ८ सय ९० रुपैयाँ खुद मुनाफा छ ।
संस्थाको सातौं वार्षिक साधारणसभाका अवसरमा संस्थाले ह्रासकट्टी ४ लाख ५९ हजार ४ सय ६६ रुपैयाँ तथा कर्जा सुरक्षण व्यवस्थामा ११ लाख २ हजार ७ सय ५५ रुपैयाँ छुट्याई सो मात्रामा खुद मुनाफा गरेको हो ।

संस्थाका अध्यक्ष सुमन जीसीका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा १८ लाख ६ सय रुपैयाँ वृद्वि गरी संस्थाले १ करोड ४३ लाख ९३ हजार नौ सय रुपैयाँ शेयर पुँजी बनाएको छ । आव २०७२/७३ मा १ करोड २५ लाख ९३ हजार ३ सय रुपैयाँ शेयर पुँजी रहेको थियो । संस्थाले ८ करोड ८९ लाख ८२ हजार ६ सय ३८ रुपैयाँ निक्षेप संकलन गरी १ करोड ७० लाख ६२ हजार ३ सय २९ रुपैयाँ कर्जा लगानी गरेको छ । संस्थाले १ करोड ३० लाख ९० हजार १ सय ६६ रुपैयाँ आम्दानी गर्न सफल भएको अध्यक्ष जीसीले बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य सानुमान श्रेष्ठले स्थानीय तह र सहकारीको साझेदारीमा रचनात्मक काम गर्न सकिने बताउनुभयो । कोटदेवीले स्थानीय समुदायको मन जित्न सफल भएकोमा संस्थाको प्रगति हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै डिभिजन सहकारीकार्यालय प्रमुख आनन्द सारुले सहकारीले सदस्य शिक्षामा विशेष जोड दिनुपर्ने बताउनुभयो । ‘सदस्य सेवामा समर्पित रहेर अघि बढेमा संस्था सफल हुन्छ’ उहाँले भन्नुभयो ।

नेपाल बचत तथा ऋण केन्द्रीय संघ नेफ्स्कुन) का लेखा समिति सदस्य विपिन शर्माले संस्थागत विकास र शुसानका लागि प्रोवेशनमा सहभागी हुनुपर्ने बताउनुभयो । शहरी क्षेत्रमा रहेर पनि स्थानीय समुदायको सहभागिता रहेकाले संस्था सफल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । संस्थाको भौतिक पूर्वाधार प्रयाप्त हुनुका साथै आफ्नै भवनबाट सेवा दिदैं आएकोमा खुसी व्यक्त गर्नुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर