सहकारीले कसैलाई विभेद गर्दैन : सांसद चौलागाई


दोलखा । जिल्ला सहकारी सघं दोलखाको १२ औँ साधारण सभाशुक्रबार चरिकोटमा सम्पन्न भएको छ । सधारणसभाको प्रदेश सभाका सासंद एवम् नेकपा एमाले सहकारी विभाग प्रमुख पशुपति चौलागाईले एक समारोहकाबीच उद्घाटन गर्नु भएको थियो । सभाको उद्घाटन गर्दै सांसद चौलागाईले सहकारी विनाविभेद सबैलाई समेट्ने संस्थाभएकाले अर्थतन्त्रको एउटा हिस्सा बनेकोे बताउनुभयो । पूँजीको हिसावले हेर्दा पनि अर्थतन्त्रको करिब २० प्रतिशत सहकारीले ओगटेकोे भन्दै उहाँले प्रतिव्यक्तिआयमापनिपाँचप्रतिशत योगदान रहेको बताउनुभयो ।
साधारणसभामा संस्थाका महासचिव देवीप्रसाद शर्माले सञ्चालक समितिको प्रतिवेदन र कोषाध्यक्ष कृष्णप्रसाद दहालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभामा सघंका महासचिव देविप्रसाद शर्माले सघंको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष कृष्णप्रसाद दाहालले ९ लाख ५८ हजार ७ सय ७२ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसैगरी लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा सयोंजक रोशन कार्कीले प्रस्तुत गर्नुभएको थियो ।
सघंले साधारणसभाको अवसरमा दोलखाको ९ वटा स्थानीयतहका उत्कृष्ट सहकारी संस्थालाई सम्मान गरेको छ । उत्कृष्ट हुने सहकारीमा गौरीशंकर गाउँपालिका वडा नम्बर २ स्थित जनउपकार बचत तथा ऋण सहकारी संस्था लि., वैतेश्वर गाउँपालिकामिर्गे स्थित जनजागरण बचत तथा ऋण सहकारी संस्था लि., जिरी नगरपालिकास्थित जनसहयोगी बचत तथा ऋण सहकारी संस्था लि., तामाकोशी गाउँपालिका शहरेस्थित महिला साक्षरता बचत तथा ऋण सहकारी संस्था लि., मेलुङ गाउँपालिकास्थित गाउँघर सानाकिसान कृषि सहकारी संस्था लि., भिमेश्वर नगरपालिकाको कालिञ्चोक सहकारी संस्था लि, कालिञ्चोक गाउँपालिकाबाट सुनखानीस्थित निलकमल कृषि सहकारी संस्था लि., र विगु गाउँपालिकाको सिगटी बचत तथा ऋण सहकारी संस्था पुरस्कृत भएका छन् ।
यसैगरी जनसचेतन बचत तथा ऋण सहकारी संस्था लि का प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ उत्कृट कर्मचारीको रुपमा सम्मानित हुनुभएको छ, भने परोपकार महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शर्मिला सापकोटा उत्कृष्ट सञ्चालकको रुपमा सम्मानित हुनुभएको छ । उत्कृष्ट कर्मचारी र सञ्चालकलाई नगद २ हजार ५ सहित सम्मान गरिएको थियो ।
यसैगरी सघंले सहकारी वर्ष २०७४ बाट यस वर्ष जिवशराज खड्कालाई नगद ३ हजार ५ र ट्रफी सहित सम्मान गरेको छ । सघंका अध्यक्ष हेमन्त चौलागाईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा डिभिजन सहकारी कार्यलय दोलखाका सहकारी अधिकृत टोपलाल अर्याल, दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जिवशराज खड्का, उद्योग वाणिज्य सघंका केद्र्रीय सदस्य सुदर्शन कार्की, लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । दोलखामा रहेका ५ सय २३ सहकारी संस्थामध्ये जिल्ला सहकारी सघंमा ४ सय २६ वटा सहकारी संघ÷संस्था आवद्ध रहेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

राष्ट्रिय सहकारी बैंकद्वारा शोध प्रबन्ध अनुसन्धान अनुदान सम्झौता
कैलालीको सहकारी सचेतना अभिमुखीकरण कार्यक्रम
व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम सुरु
नेफ्स्कून सदस्यता अभिमुखीकरण कार्यक्रम सम्पन्न