सहकारी सबल बनाउन जिल्ला संघको भूमिका महत्वपूर्ण


दाङ । जिल्ला बचत तथा ऋण सहकारी संघ दाङको ११ औं साधारणसभा आज घोराहीमा सम्पन्न भएको छ । संघका अध्यक्ष अञ्जन कुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले बिषयगत संघले सहकारी संस्थाहरुलाई सवल बनाउन लाग्नुपर्ने बताएका थिए । सहकारी संस्थाहरु स्थापनाको केही समय पछि निष्क्रिय हुने क्रम बढेको भन्दै बक्ताहरुले संस्थाको दीगोपनाका लागि सञ्चालकहरुमा सहकारी सम्बन्धी ज्ञान आवश्यक हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपसंयोजक श्रीधर पौडेलले जिल्ला बचत संघलाई सवल बनाउन समन्वय समिति तयार रहेको बताउनु भयो । उहाँले आर्थिक, सामाजिक र वातावरणीय सुधारका लागि सहकारीहरुले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष गोविन्द प्रसाद शर्मां, कृषि सहकारी संघका अध्यक्ष पदमा आचार्य, डिभिजन सहकारी कार्यालयका प्रमुख विनोद कुमार पौडेल, राष्ट्रिय सहकारी बैङ्क दाङ शाखा प्रमुख नारायण वेलवासे, नेफ्सकुन फिल्ड कार्यालय व्यवस्थापन उसमितिका सदस्य सुुरेन्द्र खड्का लगायतले मन्तव्य राख्नु भएको थियो ।

साधारणसभामा कोषाध्यक्ष विमल अधिकारीले आर्थिक, सचिव रुपबहादुर खत्रीले प्रगति र लेखा समितिका संयोजक रमाभक्त अधिकारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संघका सचिव रुपबहादुर खत्रीको सञ्चालनबाट सुरु भएको कार्यक्रममा उपाध्यक्ष हुमा डिसीले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

सो क्रममा साधारणसभालाई सफल पार्न सहयोग गर्ने विभिन्न ५ वटा संस्थाहरुलाई सम्मान गरिएको छ । हरियाली साकोष देउखुरी, शुभलक्ष्मी साकोस घोराही ६, सहयोगी साकोष तुलसीपुर ५, सौभाग्य महिला विकास साकोस घोराही १५ र नमस्ते साकोस घोराहीलाई सम्मान गरिएको सचिव रुप बहादुर खत्रीले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

राष्ट्रिय सहकारी बैंकद्वारा शोध प्रबन्ध अनुसन्धान अनुदान सम्झौता
कैलालीको सहकारी सचेतना अभिमुखीकरण कार्यक्रम
व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम सुरु
नेफ्स्कून सदस्यता अभिमुखीकरण कार्यक्रम सम्पन्न