युनिक सहकारीको शेयर पुँजी ५६ प्रतिशतले बढ्यो


ललितपुर । युनिक बचत तथा ऋण सहकारी संस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७३/७४ मा ५६ दशमलव ३४ प्रतिशत शेयर पुँजी थप गरेको छ ।

 

संस्थाले अघिल्लो आवको तुलनामा ३२ लाख ४३ हजार ३ सय थप गरी ९० लाख शेयर पुँजी बनाएको छ । संस्थाको नवौं वार्षिक साधारणसभाका अवसरमा १० करोड ३४ लाख ७ हजार ७ सय ५८ रुपैयाँ निक्षेप संकलन गरी ९ करोड ८३ लाख ४२ हजार ४६ रुपैयाँ कर्जा संकलन गरेको अध्यक्ष मिथिला खड्काले जानकारी दिनुभयो ।

 

कार्यक्रममा बोल्दै नेपाल बहुउद्देश्यीय सहकारी संघका कोषाध्यक्ष माधव तिमिल्सिनले सदस्यको सामाजिक, आर्थिक र सांस्कृतिक उत्थानका लागि काम गनुपर्ने बताउनुभयो । सदस्यलाई सक्रिय बनाएर नै संस्थाले प्रगति हासिल गर्न सक्ने भएकाले सदस्य शिक्षामा जोड दिनुभयो ।

 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कुन)का लेखा समिति सदस्य विपिन शर्माले तीन वर्षभित्र दोहोरो सदस्य खारेज हुने भन्दै सही संस्था छनोट गर्नुपर्नेमा जोड दिनुभयो । युनिक साकोसको वित्तीय सूचक राम्रो भएको भन्दै शर्माले सक्रियरुपमा कारोबार गरेर उत्कृष्ट सहकारी बनाउन लाग्नुपर्ने बताउनुभयो ।

 

कार्यक्रममा काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष तुलसी सापकोटाले पारदर्शिता र सक्रियताले नै संस्थाले प्रगति हासिल गर्ने बताउनुभयो ।

 

जिल्ला सहकारी संघ ललितपुरका पूर्व सञ्चालक सशीधर पोखरेलले जिल्लाकै उत्कृट सहकारीमध्येको युनिक सहकारीले सहकारी अभियानमा उल्लेख्य योगदान दिएको बताउनुभयो ।

 

जिल्ला बचत संघ ललितपुरका उपाध्यक्ष जगत महर्जनले सहकारीको मर्मलाई आत्मसात गरी चलेको संस्थाले स्थानीय समुदायको मन जित्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक