महासम्मेलन तयारी तीर्व


काठमाडौं । आगामी चैत्र २१ र २२ गते काठमाडौंमा हुने दोश्रो राष्टिय सहकारी महासम्मेलनको तयारी तीर्व भइरहेको छ । महासम्मेलन आयोजना गर्नका लागि सहकारी तथा गरीवी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघबीच छलफल भएको छ ।

छलफलले राष्ट्रिय सहकारी महासंघको अध्यक्ष केशवप्रसाद वडालको अध्यक्षतामा मूल समारोह समितिको बैठक वसी विभिन्न निर्णयहरु गरेको छ ।

 

अन्तर्राष्टिय सहकारी महासंघ एशिया प्रशान्त क्षेत्रीय वोर्डको बैठक नेपालमा चैत्र २३ गते हुने भएको र क्षेत्रीय संचालकहरु चीन, भारत, जापान, नेपाल, श्रीलंका, मलेशिया, कोरिया, फिलिपिन्स, सिंगापुर, इरान, इण्डोनेशिया लगायतका मुलुका सहकारी अभियानको शीर्षस्थ व्यक्तिहरुको आगमन हुने भएको हुदा र अन्तर्राष्टिय सहकारी महासंघको गत नोभेम्वरमा निर्वाचित अध्यक्ष एरियल ग्वार्कोलाई आमन्त्रण गरिने उक्त महासम्मेलनमा विभिन्न महत्वपूर्ण विषयवस्तुहरु प्रस्तुत गर्ने निर्णय समेत बैठकले गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन