सञ्चालकहको क्षमता अभिबृद्धि तालिम


रुपन्देही । रुपन्देहीको देवदहस्थित कोलिय साकोसका सञ्चालकहको क्षमता अभिबृद्धि तालिम शनिवार चितवनको देवनगरमा सम्पन्न भएको छ । तालिम समापन समारोहमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक कृष्ण कुमार डल्लाकोटीले आर्थिक विकासको तीन खम्बा मध्ये महत्वपूर्ण खम्बा सहकारी भएकोले समुदाय प्रति थप जिम्मेवार भएर संचालित हुनु पर्नेमा जोड दिनुभयो । वित्तीय पहुँच नपुगेका स्थान र विपन्न वर्गहरुमा पहुँच स्थापित गरेर आर्थिक समृद्धिमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै नयाँ ऐनले थप सहजीकरण गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर नगरपालिकाका पूर्व उपमेयर देवी ज्ञवालीले आफु पनि सहकारी अभियानमा जोडिएको हुँदा सहकारीमैत्री कानुन निर्माण गर्न आफ्नो ठाउँबाट पहल गर्ने भन्दै नयाँ सहकारी ऐनमा रहेका नमिल्दा कुराहरु संशोधन गर्न सकिनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले ठुला रुखमानै हावाको बढी झोक्का पर्ने भन्दै ठुला संस्थामा नै बढी जोखिम हुने भएकोले निरन्तर सिकाई मार्फत सुरक्षित गर्नुपर्ने सुझाव दिनुभयो ।

संस्थाका अध्यक्ष भिम गुरुङ्गको अध्यक्षतामा सम्पन्न समापन समारोहमा नेफ्स्कून प्राचार्य सन्जय तिमिल्सिना, संस्थाका प्रमुख सल्लाहकार शुबकान्त न्यौपाने र उपाध्यक्ष खेमानन्द ज्ञवालीले सम्बोधन गर्नुभएको थियो भने सन्चालन सचिव हरिप्रसाद ज्ञवालीले गर्नुभएको थियो ।
उक्त तालिम कार्यक्रमको उद्घाटन नेफ्स्कून सन्चालक सदस्य शान्ति अधिकारीको प्रमुख आतिथ्यता र संचालक सदस्य भरत दवाडीको आतिथ्यतामा पौष २६ गते भएको थियो । तालिम सहजीकरण नेफ्स्कून प्राचार्य सन्जय तिमिल्सिना र तालिम अधिकृत नवकुमार अधिकारीले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सञ्‍चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम
प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित
सहकारी अभियानका शीर्ष व्यक्तित्वलाई सम्मान घोषणा
सहकारी अध्ययन अवलोकनमा सिवाईसी साकोस