सहकारी ऐन सहकारीमैत्री – दाहाल


काठमाडौं । विराज बचत तथा ऋण सहकारी संस्था लि.चावहिल काठमाण्डौको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा बोल्ने वक्ताहरुले सहकारीले रचनात्मक काम गर्नुपर्नेमा जोड दिएका थिए ।कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार प्रा. पुरुषोत्तम दाहाललले कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान सहकारी ऐन सहकारी मैत्री भएको बताउनुभयो । ‘ऐन सहकारीमैत्री नै छ, यसको कार्यान्वयनमा सबै लाग्नुपर्छ’ उहाँले भन्नुभयो ।

सहकारी संस्थाहरुले पनि सहकारी सिद्धान्त, मूल्य मान्यतालाई आत्मासात गर्नुपर्ने विचार राख्नु भयो । बिराज समाज र बिराज सहकारीले सामाजिक हित र व्यवसासयिक हितमा कार्य गर्दै आएकोमा खुसी व्यक्त गर्नुभयो । बिराज समाजले बिराज क्षेत्रका विद्यालयमा हालै न्यानो कपडा वितरण कार्य सम्पन्न गरेकोमा प्रसंशा गर्नुभयो । मानवीय सेवाका कार्यले बिराज समाज र सहकारीको प्रतिष्ठा अभिवृद्धी उहाँको भनाई थियो ।

संस्थाका अध्यक्ष दिनेश कुमार मगरको अध्यक्षतामा भएको साधारणसभामा शिष्टाचार नेपालका अभियान्ता सुमन दाहालले सामाजिक जीवनको महत्व र शिष्टाचारको विषयमा चर्चा गर्नु भएको थियो । सहप्रा.मुकुन्दराज दाहाल, अधिवक्ता तथा संस्थाका कानुनी सल्लाहकार केशवप्रसाद दाहाल, एनपिसी लि.का कार्यकारी संचालक लेखनाथ दाहाल, शेयर सदस्य गजेन्द्रबहादुर राई र संस्थाका उपाध्यक्ष रामप्रसाद दाहाललत मन्तव्य गर्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण शेयर सदस्य गन्धर्वराज पौडेलले गर्नु भएको थियो । कार्यक्रममा बरिष्ठ लोकगायक एवम् शेयर सदस्य माधबप्रसाद दाहालले लोकगीत प्रस्तुत गरी शेयर सदस्यहरुलाई मनोरञ्जन प्रदान गर्नु भएको थियो । संचालक नरबहादुर कटवाल, शेयर सदस्यहरु देवीप्रसाद दाहाल, कृष्णप्रसाद खनाल लगायतले नृत्य समेत गर्नु भएको थियो ।

बिराज सहकारीले यस वर्षको विराज सहकारी शिक्षा पुरस्कार २०७४ शेयर सदस्य लेखनाथ दाहालकी छोरी प्रेक्षा दाहाल र शेयर सदस्य देविप्रसाद दाहालका छोरा अस्विन दाहाललाई प्रदान गरेको छ । उक्त पुरस्कार कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले प्रदान गर्नु भयो भने विराज सहकारी असल बचत पुरस्कार मैया कुटु र असल ऋणी पुरस्कार राजु कनौजियाले प्राप्त गर्नु भयो।

सातौ वार्षिक साधारणबाट अध्यक्ष दिनेश कुमार मगरले प्रस्तुत गर्नु भएको आ.व.०७३/०७४ को वार्षिक प्रतिवेदन, लेखा समिति संयोजक नवराज दाहालले प्रस्तुत गर्नु भएको लेखा समितिको प्रतिवेदन तथा आ.व.०७३÷०७४को लेखा परीक्षकको प्रतिवेदन समेत पारित भएका थिए भने रिक्त रहेको संचालक समितिको कोषाध्यक्ष पदमा बाँकी अबधिका लागि शेयर सदस्य टेकबहादुर कटवाल चयन हुनु भएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नमुना महिला विकास साकोस एक्सेस् कार्यक्रममा आवद्ध
सामुदायिक साकोसको ११ औं सेवा केन्द्र
सञ्‍चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम
प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित