सहकारी राज्यको प्राथमिकतामा नपरेको गुनासो


भरतपुर, मंसिर ८ । राज्यले सहकारीलाई प्राथमिकतामा नराखेको गुनासो गरेका छन् । सहकारी क्षेत्रलाई राज्यले हेर्ने दृष्ट्रिकोणमा नै परिवर्तन नआएकाले सहकारीले गति लिन नसकेको उनीहरुको भनाइ छ ।
राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १४ आौं साधारण सभा तथा ८ औं अधिवेशनमा बोल्ने वक्ताहरुले सहकारीलाई राज्य उच्च प्राथमिकतामा राख्न आवश्यक भएको बताएका थिए । उनीहरुले सहकारीलाई तीन खम्बे अर्थनीतिमा राखेको भए पनि अझै प्रभावकारी रुपमा अघि सार्न नसकेको गुनासो गरेका छन् ।
राज्यले आर्थिक विकासमा सहकारीहरुलाई सहभागी गराउन नसकेको उनीहरुको आरोप रहेको छ । राष्ट्रसेवक कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष पूण्यप्रसाद ढकाल प्रमुख अतिथि रहेको कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीको नाममा ठगी गर्ने संस्थाहरुप्रति सजग रहन आग्रह गर्नुभएको छ । उद्घाटन कार्यक्रममा राष्ट्रसेवक कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष ईश्वरी ढकाल, सहकारी डिभिजन चितवनका श्रीकृष्ण नेपाल, एकनारायण शर्मा, मंगलराम दराई, गोकुल गौतम, विमला न्यौपानेलगायतले शुभ कामना मन्तव्य दिएका थिए । कार्यक्रम राष्ट्रसेवक बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष नारायणदत्त त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको थियो । साधारण सभाले मधु घिमिरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षमा विष्णुमाया थापा, सचिवमा रघुनाथ अधिकारी, सहसचिवमा मीना तिवारी र कोषाध्यक्षमा कृष्णबहादुर भण्डारी रहेका छन् । त्यस्तै समितिको सदस्यहरुमा बालकृष्ण थपलिया, खड्गबाहादुर लिम्बु, रामबाबु श्रेष्ठ, शान्ताकुमारी पन्त, लक्ष्मण सुवेदी र यमबहादुर क्षेत्री रहेका छन् । त्यस्तै लेखा समितिको संयोजकमा हरिहर तिवारी र सदस्यहरुमा प्रमोद भट्टराई र शिबकुमार पौडेल निर्वाचित हुनुभएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन