सज्जन महिला नवाै‌ं वर्षमा प्रवेश


हामी समाजमा मिलेर बस्ने विभिन्न पेशामा आवद्ध भै बसेका ३२ जना दिदिबहिनीहरु मिलेर केही गरौ भन्ने आट गर्दै २०६६/ पौष महिनाको १४ गते डिभिजन सहकारी कार्यालय बिजुली बजार नयाँ बानेश्वरमा दर्ता गरि माघ २ / २०६६ मा प्रारम्भिक साधारण सभाबाट आफ्नो कारोबारको सुभआरम्भ गरेको थियो ।

 

हिजोको सानो परीवार आज ठुलो परीवार भएको छ । बालक युवा ,वृद्ध ,बुद्धिजीवी सबै एस्का सदस्य बनेका छन। दिनप्रतिदिन सज्जन महिला परीवारको आँगन आफ्ना सदस्यले भरीदै छ। फराकिलो छाती पारेर हामी नयाँ सदस्यहरुको लागि सधै ढोका खुल्लै राख्ने गरेका छौँ । साकारात्म बिचार बोकि सधै सिक्ने र सिकाउने सहकारीको अभियानमा लागेका छौ।

 

हिजो हामिले सज्जन महिला साकोसको यात्रा तय गरि पहिलो पाईला अघि सार्ने क्रममै अठोट गरेका थियौ हामी यो समाजमा केही गर्ने छौ धेरैजना दिदी बहिनिहरु मिलेर। यो ८ बर्से यात्रा सधै सजिलो मात्र थिएन। जतिसुकै गाह्रो सारो परेतापनी हामी सबै मिलेर लागिरहयौ निरन्तर । हरेक दिन सिक्दै र आफुले जानेको कुरा सिकाउदै सामुहिक रुपमा अगाडि लागिरहेको छौ।

 

सज्जन महिलाको नाम सुनौलो अक्षरमा सधै चम्किलो भै रहोस भन्ने कामना गर्दै सम्पुर्ण सज्जन महिला साकोस परीवारलाई सुभ कामना ब्यक्त गर्न चाँहान्छु। दिगो बिकास लक्ष्य प्राप्तिका निम्ती सज्जन महिला साकोसले आफ्ना सदस्यहरूको आबस्यकतालाई बुझी सहकारी मार्फत छिटो छरितो गुणस्तरीय सेवा प्रधान गरि आर्थिक समाधान गर्ने कोशिस गर्नेछौ । भोलीका दिनहरुमा सबैजना हातेमालो गर्दै फराकिलो उदेश्यका साथ अगाडि बढने प्रतिबद्धता गर्दछु ।अध्यक्ष :- सीमा पुरी


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन