ग्रामीण सहकारीका लागि लघुवित्त अनिवार्य–सहअध्यक्ष पौडेल


सिन्धुपाल्चोक । राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले ग्रामीण सहकारीका लागि लघुवित्त कार्यक्रम अनिवार्य भएको बताउनुभएको छ ।
श्री त्रिवेणी बहुउद्देश्यीय सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा बोल्दै प्रमुख अतिथि पौडेलले लघुवित्त कार्यक्रमले शेयर सदस्यलाई प्रत्यक्ष लाभ पुग्ने हुँदा लघुवित्त कार्यक्रमप्रति ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सहकारी सदस्यहरुलाई शिक्षा र तालिम प्रदान गर्नका लागि आफूले सक्दो सहयोग गर्ने उहाँको भनाई थियो ।

 

कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय सहकारी विकास बोर्डका सञ्चालक तथा काभ्रे जिल्लाका अग्रज सहकारीकर्मी दीपकप्रसाद पौडेलले शेयर सदस्यहरुलाई पशुपालनतर्फ ध्यान दिन सुझाव दिनुभयो । गाई–भैंसी पालनले दूध उत्पादन हुने र दूधको बिक्रिबाट मनग्य आम्दानी हुने भएकाले पशुपालनतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

Ashis Khadka को फोटो।

आफ्नो जिल्लाको अनुभव सुनाउँदै पौडेलले दूध बिक्रिको आम्दानीबाट जीवनस्तर सुधार हुने उहाँको भनाई थियो । ‘काभ्रे जिल्ला अहिले दूधमा आत्मनिर्भर भइसकेकाले सिन्धुपाल्चोक पनि दुध उत्पादनको लागि सम्भावना भएको क्षेत्र हो, यतातर्फ सदस्यको ध्यान जान सकोस्’ उहाँले भन्नुभयो । दुध उत्पादन मनग्य भएमा बजारका लागि चिन्ता लिनुनपर्ने र त्यसको लागि सहयोग गर्न सधैं लागिपर्ने बताउनुभयो ।

 

कार्यक्रमा पाचपोखरी थाङपाल गाउँपालिका १ नं. वडाका अध्यक्ष सुर्यमान दोङले गाउँपालिकाभित्र रहेका सहकारी संस्थाको विवरण र संस्थाले गरेको योगदानको मूल्याङ्कन गरिने बताउनुभयो । उस्तै प्रकृतिका संस्था एकआपसमा गाभिनुपर्ने बेला आएको उहाँको भनाई थियो ।

Sahakari Nepal को फोटो।सभामा सल्लाहकार तथा श्री लाँगर्चे माध्यमिक विद्यालयका प्रधानाध्यापक राममणि धितालले सहकारी संस्था समय र परिस्थिति अनुसार विकसित हुनुपर्ने बताउनुभयो ।

संस्थाका अध्यक्ष आशिष खड्काले सदस्यको हितका लागि आर्थिक उन्नतीका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । ‘सदस्यको जीवनस्तर सुधार हुनेगरी संस्था सञ्चालन गर्ने सोचका साथ अघि बढेका छौं’ उहाँले भन्नुभयो ।

साधारणसभामा जेष्ठ सदस्यहरु पुरुषतर्फ तोत्रबहादुर खड्का र महिला इतमायाँ खड्कालाई सम्मान–पत्र र दोसल्ला ओढाएर प्रमुख अतिथि दक्ष पौडेलले सम्मान गर्नुभएको थियो । त्यस्तै असल ऋणी नरबहादुर तामाङ, नियमित बचतकर्ता घनश्याम थापा र सर्वोत्कृष्ट शेयरधनी बद्रीनाथ अधिकारीलाई नगद, खादा र सम्मानपत्रबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य लक्ष्मी चालिसेले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव प्रकाश खड्काले गर्नुभएको थियो । संस्थाका कोषाध्यक्ष युवराज खड्काले आर्थिक प्रतिवेदन, तथा लेखा सुपरीवेक्षण समिति संयोजक अर्जुन खनालले लेखा परीक्षण प्रतिवेदन पेश गर्नुभएको थियो । सो अवसरमा शेयर सदस्य तथा हाँस्य कलाकार केशर कार्कीले आफ्नो प्रस्तुती देखाउँदै मनोरञ्जन प्रदान गर्नुभएको थियो ।

१० प्रतिशत लाभांश दिने

यसैबीच श्री त्रिवेणी बहुउद्देश्यीय सहकारी संस्थाले आव २०७३/०७४ दुई लाख भन्दा बढी नाफा गरेको छ । संस्थाका अध्यक्ष आशिष खड्काले आ.व. २०७३/०७४ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै साधारणसभाले शेयर सदस्यलाई १० प्रतिशत मुनाफा वितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पास गरेको जानकारी दिनुभयो । संस्थाको शेयर पुँजी १९ लाख ३६ हजार ८ सय पुगेको छ । संस्थाले ३३ लाख ११ हजार ८ सय १२ रुपैयाँ निक्षेप संकलन गरी सोही हारहारीमा कर्जा प्रवाह गरेको छ ।

Sahakari Nepal को फोटो।

Sahakari Nepal को फोटो।

Sahakari Nepal को फोटो।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको