‘सहकारी साँच्चीकै गरिबहरूको बैंक नै हो’


बर्दिबास । महिलाले नेतृत्व गरेको समाज बचत तथा ऋण सहकारी संस्थाले साढे आठ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ । असुरक्षाका कारण बर्दिबासबाट २०५९ सालमा राष्ट्रिय वाणिज्य बैंक जनकपुर सारिएपछि २५ जनाको सक्रियतामा सहकारी स्थापना भएको थियो । १५ वर्षअघि स्थापना भएको सहकारी ‘गरिबको बैंक’जस्तै बनेको स्थानीय महेशकुमार झाले बताए ।

 

‘गरिबलाई बिनाधितो बैंकले ऋण दिँदैन’, उनले भने, ‘सहकारीले साना कारोबार गर्नेहरूलाई सहजै कर्जा दिन्छ । सहकारी साँच्चीकै गरिबहरूको बैंक नै हो ।’

 

२५ जनाबाट सुरु भएको सहकारीमा सदस्य संख्या तीन हजार दुई सय ३७ पुगेको छ । यसमध्ये एक हजार नौ सय महिला सदस्य छन् । महिला नेतृत्वको सहकारीमा हिनामिना हुँदैन भन्ने विश्वासका कारण बचत गर्नेको संख्या बढेको सहकारीकी अध्यक्ष गीता अधिकारीले बताइन्। सहकारीको १५ औं साधारणसभाको अवसरमा अध्यक्ष अधिकारीले यस्तो जानकारी दिएकी हुन् ।

 

‘महिला–पुरुष एकै रथका दुई पांग्रा हुन् । पुरुष साथीहरूले हामीलाई सहयोगसँगै विश्वास गरेकाले सहकारी नमुना बन्यो’, उनले भनिन् ।

 

प्रदेशसभा सदस्य शारदा थापाले मधेसमा महिलाले केही गर्न सक्दैन भन्ने मानसिकतालाई सहकारीको सफल नेतृत्व गरेर चिरिदिएको बताइन् । भनिन्, ‘मधेसका महिला सचेत बनेका छन् । चेतनास्तर पनि उठेको छ ।’ सहकारीले महिला सशक्तीकरणमा टेवा पु¥याएको उनको भनाइ थियो ।

आर्थिक वर्ष २०७२÷७३ मा ६ करोड ९८ लाख पाँच हजार बचत संकलन भएकोमा २०७३÷७४ मा बढेर आठ करोड ५३ लाख ४७ हजार पुगेको सहकारीकी एकाउन्टेन्ट बबिता महतोले बताइन् । ‘चालू आर्थिक वर्ष २०७४/७५ मा साढे नौ करोड निक्षेप संकलन गर्ने लक्ष्य छ’, उनले भनिन् ।

 

आव २०७३/७४ यो सहकारीले २२ लाख नाफा कमाएको छ । आव २०७२/७३ मा सहकारीले १८ लाख २४ हजार नाफा कमाएको थियो । चालू आवमा ३५ लाख नाफा कमाउने सहकारीका म्यानेजर सरोज सिंहले बताए ।

 

आव २०७२÷७३ मा ६३ लाख ६७ हजार सेयर पुँजी रहेकोमा २०७३/७४ मा ७५ लाख ३६ हजार पुगेको सहकारीका संरक्षक श्याम घिमिरेले बताए । चालू आवमा सेयर पुँजी ९५ लाख पु¥याउने योजना रहेको जनाइएको छ । अन्नपूर्ण


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान
धनुषामा साकोसहरुका लागि वार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिम सञ्चालन
सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न