मेरो प्रतिष्पर्धी कोही छैन
शरदकुमार महर्जन
अध्यक्ष–जिल्ला बहुउद्देश्यीय सहकारी संघ ललितपुर
जिल्ला बहुउद्देश्यीय सहकारी संघ ललितपुरको आउँदो माघ ६ गते निर्वाचन हुँदै छ । संघको पाँचौं वार्षिक साधारणसभाले नयाँ नेतृत्वसमेत चयन गर्दै छ । वर्तमान अध्यक्ष शरदकुमार मर्हजन आगामी नेतृत्वका लागि आकांक्षीय हुनुहुन्छ । प्रस्तुत छ, महर्जनसँग गरिएको पाँच प्रश्न ।
१ जिल्ला बहुउद्देश्यीय सहकारी संघको चुनावको तयारी कस्तो छ ?
चुनावी प्रक्रिया अघि बढेको छ । भोलि मनोनयन छ भने ६ गते चुनाव हुँदै छ मेरै कार्यकालमा जिल्ला बहुउद्देश्यीय सहकारी संघ बलियो संघकोरुपमा स्थापित भएको छ । मेरो अहिलेसम्म कोही प्रतिष्पर्धी देखिएको छैन । सर्वसम्मत नै एक कार्यकाल नेतृत्व दोहो¥याउने संभावना छ ।
२ तपाईको एजेन्डा के छ ?
जिरो लेभलबाट सुरु गरेको संघ आफ्नै खर्चमा उभिन सक्ने भएको छ । मेरो उत्कृष्ट बहुउद्देश्यीय संघकोरुपमा स्थापित गर्ने सोच छ । ललितपुरका १२ वटा संघमध्ये दोस्रो दोस्रो पोजिसनमा हामी छौं । अब पहिलो बन्ने सोचमा छौं । संघलाई प्रविधियुक्त बनाउने, ऐनले व्यवस्था गरेअनुसार प्रकृतिअनुरुपको व्यवसायमा केन्द्रीत गराउनेमा ध्यान केन्द्रीत हुने छ ।
३ खासमा बहुउद्देश्यीय सहकारीलाई काम गर्न चुनौती के छन् ?
समस्या धेरै थिए । कुनै समयमा संघमा आबद्वता किन भन्ने नै पुष्टी गर्न सक्ने अवस्था थिएन । तर हाम्रो कार्यकालमा नमूना काम गर्न सफल भएका छौं । विगत चार वर्षदेखि संघमा आबद्व सहकारी संस्थाले शेयर लाभांश पाउन थालेका छन् । संभवतः लाभांश दिने संघमा यो देशकै पहिलो संघ हुनुपर्छ । हामीले शिक्षा, तालिम, नियमित गर्र्दैछौं । विगतको संघले गर्न नसकेको अवस्था रहेपनि अहिले धेरै कामहरु गरेका छौं ।
४ तपाई अहिले पनि अध्यक्ष हुनुहुन्छ, फेरी तपाईको नै आवश्यकता किन महसुश गर्नुभयो ?
ललितपुरमा शरदकुमार महर्जनको विरुद्वमा कोही नआउनु मेरो कामको मूल्यांकन नै हो । यतिखेर ललितपुरको सहकारी क्षेत्रमा बलियो आधार खडा गरेको अनुभूति भएको छ । अभियानमा मैले दिएको योगदानले संघमा थप कामका लागि मार्गदर्शन मिलेको छ । अबको कार्यकालमा नमूना सहकारी संघकोरुपमा स्थापित गर्ने मेरो सोच छ ।
५ सहकारीको प्रवद्र्वनका लागि संघहरुको भूमिका कत्तिको प्रभावकारी भएको पाउनुभएको छ?
विगतका दिनमा संघले कम गर्न सकेनन् । तर पछिल्लो समयमा सहकारीको अभिभावक राष्ट्रिय सहकारी महासंघ राम्रो संरचनामा अघि बढेको छ । ऐनले सहकारीलाई उर्जा प्रदान गरेको छ । हामीले भनेजस्तो हुबहु ऐन नआएपनि नेपालको अर्थतन्त्रमा सहकारी एउटा पिलर नै हो भन्ने संविधान र सहकारी ऐनले पनि थप पुष्टी गरीसकेको छ । अब सहकारी दुर्तगतिमा अघि बढ्नुपर्छ । सहकारीले लक्ष्य पूरा गर्न सक्छ । केन्द्रीय लेभलका संघले नीतिगत कुरा दिने हो । विषयगत जिल्ला संघले आबद्व संस्थाको व्यवसाय प्रवद्वनमा जोड दिनुपर्छ ।