सुर्खेतमा नेफ्रस्कुनको प्रदेश फिल्ड कार्यालय स्थापना


सुर्खेत । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले सुर्खेतको विरेन्द्रनगरमा प्रदेश फिल्ड कार्यालय स्थापना गरेको छ । विशेष कार्यक्रमको आयोजना गरी ६ नं प्रदेश फिल्ड कार्यालयको औपचारिक उद्घाटन गरिएको थियाे।

फिल्ड कार्यालय भवन र कार्यक्रमको औपचारिक उद्घाटन क्षेत्रीय प्रशासक सुरेश प्रधानले गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष डीबी बस्नेत र महासचिव चन्द्र प्रसाद ढकाल, लेखासुपरीवेक्षण समिति संयोजक दामोदर अधिकारी, राष्ट्रिय सहकारी महासंघका सञ्चालक पदम दाहाल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक हरिहरनाथ योगी, डिभिजन सहकारी कार्यालय सुर्खेतका प्रमुख देवी प्रसाद पौडेल, जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत बीसीलगायतको उपस्थिति रहेको थियो ।

नेफ्स्कूनका सञ्चालक सदस्य एवं प्रदेश नं ६ का उपसमिति संयोजक यज्ञप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जुम्ला, दैलेख, सल्यान, रुकुम लगायतका जिल्लाबाट साकोस प्रतिनिधिहरु र प्रदेश उपसमितिका सदस्यहरु गरी १ सय ५० जनाको उपस्थित रहेको थियो ।

संघले प्रदेश नं ६ का साकोसहरुको गुणस्तरीयता, दक्षता तथा व्यवसायिकता बृद्धि गर्ने उद्देश्यसहित स्थापना गरेको उक्त कार्यालयमा आज पहिलो दिन ६ करोड बचत संकलन र ९ लाख ५० हजार शेयर पूँजी थप भएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन