सहकारी मार्फत आर्थिक समावेशीकरण र उद्यमशीलता विकास स‌ंभव


काठमाडौ‌ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कूनको महिला उपसमिति बैठकले “सहकारी मार्फत आर्थिक समावेशीकरण र उद्यमशीलता विकास” विषयक गोष्ठी गर्ने भएको छ । फागुन ३ र ४ गते काठमाडौंमा हुदे गोष्ठी दुई दिनसम्म सञ्चालन हुने छ ।

नेफ्स्कूनका सञ्चालक सदस्य एवं महिला उपसमिति संयोजक शान्ति अधिकारी ढकालको संयोजकत्वमा बसेको बैठकले सबै प्रदेशमा महिला नेतृत्व विकास सञ्जाल गठन गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश नं१, २, ४, ५, ६ र ७ मा महिला नेतृत्व विकास सञ्जाल गठन गरी सहकारीमा महिला सहभागिता सम्बन्धी गोष्ठी आयोजना गर्ने भएको छ । त्यस्तै सहकारीको नेतृत्वमा रहनुभएका महिलाहरुका लागि सहकारी व्यवस्थापन सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गर्ने र अन्तराष्ट्रिय श्रम संगठन सँगको सहयोग तथा समन्वय गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय महिला गोष्ठीको तयारीका लागि संघको महिला उपसमिति गठन गरेको छ । उपसमितिको सदस्यमा विजया धिताल, दुर्गा सञ्जेल, सुलोचना स्यान्तान र शिवा थापा रहनुभएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न