सहकारीद्वारा महिलाको स्तन र पाठेघर क्यानसर जाँच
चितवन । प्रभात दिदिबहिनी साकोले २३ औ स्थापना दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको छ । साकोसले सप्ताहव्यापी कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो ।
साताव्यापाी कार्यक्रम अन्तर्गत शुक्रबार भरतपुर अस्पताल को जेष्ठ नागरिक वार्डमा फलफूल र च्यावनप्रास वितरण गरेको छ । त्यस्तै क्यान्सर हस्पिटलमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा ४१ जना महिलाको स्तन र पाठेघरको क्यान्सर जाँच गरिएको थियो ।