ललितपुर बहुउद्देश्यीय संघमा नयाँ नेतृत्व
ललितपुर । जिल्ला बहुउद्देश्यीय सहकारी संघमा नयाँ नेतृत्व चयन भएको छ । संघको पाँचौं वार्षिक साधारणसभाले शरदकुमार महर्जनको अध्यक्षतामा सर्वसम्ममतरुपमा नयाँ नेतृत्व चयन गरेको हो । महर्जनको यो दोस्रो कार्यकाल हो । महर्जन सूचना चौतारी सञ्चार सहकारी संस्थाको सञ्चालकसमेत हुनुहुन्छ ।
संघको उपाध्यक्षमा किशोर महर्जन, सचिवमा सहदेव बञ्जारा, सहसचिवमा पदमलाल महर्जन र कोषाध्यक्षमा दिपेन्द्र दुलाल निर्वाचित हुनुभएको छ ।
सञ्चालक सदस्यमा मिनाकुमारी रिमाल, रामसुन्दर केसी, उद्वव दुलाल, अर्चना अमात्य, अनिल श्रेष्ठ, घनश्याम धमला, मुकेश महर्जन, कृष्णगोविन्द महर्जन निर्वाचित हुनुभएको छ ।
र्थिराम डंगोलको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति गठन भएको छ । लेखा समितमा दिपेन्द्ररमण डंगोल, अरबिन्दचन्द्र अमात्य निर्वाचित हुनुभएको हो ।
यो पनि पढ्नुहोस्