अर्घाखाँची जिल्ला बचत संघले स्थानीय तहसँग समन्वय गर्ने


अर्घाखाँची । अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी संघ को दोस्रो बार्षिक साधारणसभा सम्पन्न ,भएको छ । साधारणसभाले स्थानीय तहसँग समन्वय गरी अघि बढ्ने निर्णय गरेको छ । साधारणसभाले जिल्ला सहकारी संघ, बचत सघ र कृषि सहकारी सघको संयुक्त कार्यालय सञ्चालन गरी स्थानीय तहसँग समन्वयन गर्न पहल गर्ने निर्णय गरेको छ ।

 

 

सहकारी सम्मन्धी काम गर्दा स्थानीय तहले सहकारी सघको सिफारिस अनिवार्य गर्ने, ६ वटै गाउँपालिकामा सहकारीको समन्वयन समिति गठन गर्न पहल गर्ने, सहकारी सम्बन्धी स्थानीय नीति नियम, ऎन बनाउदा सहकारीका बिषयगत संघ ,जिल्ला सघ, समन्वय समितिको सहभागिता गराउने वातावण मिलाउने भएको छ ।

 

 

त्यस्तै जिल्ला सहकारी सघलाई सक्रिय बनाउने, ६ वटै स्थानीय तहमा उपसमिति गठन गर्ने, प्रत्येक वर्ष सहकारी दिवस मनाउनका लागी पालिकाहरुसँग समन्वय गर्ने, त्रैमासिकरुपमा सहकारी बुलेटिन प्रकाशित गर्नुका साथै मासिकरुपमा सहकारी रेडियो कार्यक्रम चलाउन अध्यन गर्ने, नेफ्स्कुनसँग सहकार्य गरी निशुल्क तालिमको लागि अनुरोध गर्ने भएको छ ।

 

अर्घाखॉची जिल्ला वचत संघ को फोटो।

साधारणसभाले अध्यक्ष प्रकाश भुसाल द्रारा प्रस्तुत प्रगति प्रतिबेदन परित गर्दै, भावी कार्यक्रम तय गरेको थियो । सघमा हालसम्म २५ वटा संस्था सदस्य छ्न भने १ लाख २५ हजार शेयर पुँजी छ।सघका उपाध्यक्ष दोर्ण प्रसाद भुसालको सञ्चालन र स्वागत मन्तव्य ज्येष्ठ सदस्य राजेन्द्रकुमार शर्माले गर्नुभएको थियो । प्रकाश भुसालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी सघका सदस्य तुल्सीराम खनाल लगायत जिल्लाका सहकारीकर्मीले आफ्ना धारणा राखेका थिए।

 

अर्घाखॉची जिल्ला वचत संघ को फोटो।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन