कस्तुरी सहकारीको कारोबार सात करोड


जाजरकोट । सामान्य बचतबाट सुरु भएको जाजरकोटको एक सहकारी संस्थाको कारोबार सात करोड पुगेको छ । कस्तुरी सहकारी संस्था लिमिटेडले सात करोड १३ लाख नौ सय ६३ रुपैयाँको कारोबार गरेको हो । १८ वर्ष पहिले २५ जना सेयर सदस्यबाट सुरु भएको यस सहकारी संस्थामा हाल एक हजार पाँच सय ९५ सेयर सदस्य छन् ।

 

सहकारी संस्थाको १८औं साधारणसभा तथा नया नेतृत्व चयनका लागि बुधबार भएको साधारणसभामा संस्थाका कोषाध्यक्ष यशोदा सिंहले आगामी आर्थिक वर्षका लागि पेस गरेको करिब नौ करोडको आयव्यय रकम पारित गरिएको छ ।

 

२०५६ सालम २५ जना सदस्यले सञ्चालन गरेको सहकारी संस्थाले साविकका खलंगा, जगतिपुर, पुन्मा र भुर हाल भेरी नगरपालिका र छेडागार नगरपालिका वडा नं. १२ र १३ मा आफ्नो सेवा विस्तार गरेको छ । सहकारीले कृषि, शिक्षा, लघुवित्त सहकारी विद्यालयमा कर्जा प्रवाह गरेको छ । त्यस्तै सहकारीले कस्तुरी आवासीय विद्यालय सञ्चालन गरेको छ । सहकारीले निक्षेप संकलन, ऋण प्रवाह, मनि ट्रान्सफर, बैंकिरू कारोबारलगायत सेवा समेत सञ्चालन गरिरहेको छ ।

 

कार्यक्रमका प्रमुख अथिति भेरी नगरपालिकाका प्रमुख चन्द प्रकाश घर्तीले नेपाल सरकारले सहकारीमा लिएको तीनखम्बे नीति लागू गर्न लागिरहने बताए ।

 

यो सहकारी संस्थालाई राम्रो काम गरेको भन्दै केही वर्षअघि सरकारले पुरस्कृतसमेत गरेको थियो । साधारणसभाले सत्रुघन कुुमार भडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । निवर्तमान अध्यक्ष ललितराज भण्डारीले नयाँ कार्यसमितिलाई सहकारीको कारोबार हस्तान्तरण गरेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर